यस्तो आयो ग्रामीण किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम

झापा, १० वैशाख । ग्रामीण क्षेत्रका किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले ‘हुलाकी राजमार्ग लक्षित एकीकृत दूध उत्पादन प्रवद्र्धन कार्यक्रम’ सञ्चालनमा आएको छ ।
हुलाकी राजमार्गअन्तर्गत जिल्लाका राजगढ, शरणामती, पाँचगाछी, महाभारा–बैगुनधुरा र खजुरगाछी–गौरीगन्जका किसानलाई लक्ष्य गरी उक्त कार्यक्रम सञ्चालन ल्याइएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत सो क्षेत्रका किसानलाई सङ्गठित गरी अनुदान, पशुपालन तालिम र निःशुल्क घाँसको बीउ उपलब्ध गराइएको कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले।जानकारी दिए । उनका अनुसार एक एक सय जनाको पाँच समूह गठन गरी प्रतिसमूह रू १० लाख गरी रू ५० लाख अनुदानस्वरुप उपलब्ध गराइएको छ ।
कार्यक्रम सुरु भएसँगै पाँचगाछीबाट दैनिक सात सय लि, महाभाराबाट एक सय ५० लि र राजगढबाट पाँच सय लि दूध उत्पादन भई सङ्कलन भइरहेको कार्यालयले जनाएको छ । सो क्षेत्रबाट दैनिक चार हजारदेखि पाँच हजार लि दूध उत्पादन गरी झापालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ ।
त्यस्तै खजुरगाछीमा दुई हजार लि क्षमता भएको चिस्यान केन्द्र स्थापनाका लागि किसानको मागबमोजिम रू चार लाख अनुदानसमेत केन्द्रबाट पारित भइसकेको खत्रीले जानकारी दिए ।
यस क्षेत्रबाट उत्पादित दूध खरिद गर्न दुई दुग्ध उद्योगसँग सम्झौतासमेत भइसकेको छ । एनएमसी डेरी र ऋतिका डेरीलाई दूध खरिद तथा ढुवानीका लागि प्रतिलि रू दुई दिने सहमति भएको खत्रीले बताए । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












