गुणस्तर विभागभित्रकै पानी गुणस्तरीय नहुँदा…
काठमाडौँ, १२ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ ।
सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका निर्देशक दीपक ज्ञवालीले प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरनलगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता घटेको छ ।”
विभागमा हाल रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् । तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्छ । पानी शुद्ध नहुँदा छ छ महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत रु दुई लाखभन्दा बढी लाग्ने गरेको ज्ञवाली बताउनुहुन्छ ।
विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दे आएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेपालको नापतौल मान्यता अन्तर्राष्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताले गुणस्तरीय वस्तु सेवा प्राप्त गरून् भन्नेमा हामी सजग छौँ ।” पुडासैनीले विभागको प्रयोगशालामा जाँच भएका सामान विदेशमा गएर जाँच गर्न नपर्ने समेत बताउनुभयो । उहाँका अनुसार बोरिङको पानीमा गुणस्तरीय नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने गरेको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












