गुणस्तर विभागभित्रकै पानी गुणस्तरीय नहुँदा…
काठमाडौँ, १२ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ ।
सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका निर्देशक दीपक ज्ञवालीले प्रयोगशालाभित्र प्रयोग गरिने पानीमा एमोनिया, आइरनलगायत पदार्थ मिसिँदा काम गर्न समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानीमा विभिन्न किसिमका पदार्थ मिसिँदा काम गर्न ढिला हुनुका साथै मेसिनको काम गर्ने क्षमता घटेको छ ।”
विभागमा हाल रसायन, खाद्य, सूक्ष्म जीव परीक्षण, कपडा र भौतिक गरी पाँच प्रयोगशाला सञ्चालनमा छन् । तीमध्ये रसायन र खाद्य प्रयोगशालामा प्रयोग गरिने पानी अति शुद्ध हुनुपर्छ । पानी शुद्ध नहुँदा छ छ महिनामा कार्टिज बिग्रने र कार्टिज फेर्नसमेत रु दुई लाखभन्दा बढी लाग्ने गरेको ज्ञवाली बताउनुहुन्छ ।
विभागमा रहेका पाँच प्रयोगशालामध्ये रसायन प्रयोगशालाले वार्षिक एक हजार, खाद्य प्रयोगशालाले वार्षिक पाँच सय, खाद्य, सूक्ष्म जीव परीक्षण प्रयोगशालाले वार्षिक एक सय, टेक्टाइल प्रयोगशालाले वार्षिक दुई हजार, भौतिक प्रयोगशालाले वार्षिक एक हजार सामानको नमुना परीक्षण गर्दे आएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनी नेपालको नापतौल मान्यता अन्तर्राष्ट्रियस्तरको भए पनि यसको सही प्रयोग गर्न नसक्दा समस्या परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “उपभोक्ताले गुणस्तरीय वस्तु सेवा प्राप्त गरून् भन्नेमा हामी सजग छौँ ।” पुडासैनीले विभागको प्रयोगशालामा जाँच भएका सामान विदेशमा गएर जाँच गर्न नपर्ने समेत बताउनुभयो । उहाँका अनुसार बोरिङको पानीमा गुणस्तरीय नहुँदा यन्त्र बिग्रने र पाइप लाइनमा जाम हुने गरेको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












