तरकारी खेती वृद्धि गर्न मोरङमा ब्लक कार्यक्रम सुरु,नबिकेको तरकारी पनि प्रशोधन गरिने
विराटनगर । विराटनगरमा तरकारीको ७० प्रतिशत माग धानिरहेको कटहरी गाउँमा ब्लक कार्यक्रम सुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय मोरङले कटहरीसहित छेउको सिसबनी जहदा गाउँसमेतमा ब्लक कार्यक्रम सुरु गरेको हो । विराटनगर शहरसित पूर्वदक्षिणमा जोडिएको कटहरी पछिल्लो पुनःसंरचनामा उपमहानगरपालिकाभित्र परेको छ । तरकारी उत्पादनका लागि कटहरी निकै उर्वर क्षेत्र मानिन्छ । हाल यहाँ दुई हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उत्पादन र उत्पादकत्व बढाउँदै हरियो तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले ब्लक कार्यक्रम लागु गरिएको जिल्ला कृषि प्रमुख मनोजकुमार यादवले बताए । ब्लक कार्यक्रमअन्तर्गत कम्तीमा पनि एक सय हेक्टरमा तरकारी खेती गर्नु पर्नेछ । कार्यक्रम लागु भएपछि कार्यालयले बीउ, बेर्ना, मल, सिँचाइ, बजार व्यवस्थापनलगायतका सहयोग उपलब्ध गराउनेछ । तर यसका लागि ब्लक सञ्चालक समितिको प्रस्ताव आवश्यक पर्छ ।
यस्तो सञ्चालक समिति स्थानीय किसानकै सहभागिता र संलग्नतामा निर्माण गरिने हुँदा किसानका समस्या र आवश्यकता गाउँमै पूरा हुने विश्वास स्थानीय कृषक मनोजकुमार सिंहले व्यक्त गरे । गाउँमा ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार गरेमा जोनका रूपमा समेत विस्तार गर्न सकिने प्रमुख यादवले जानकारी दिए ।
ब्लक कार्यक्रम सुरु भएसँगै आफूमा किसानमा उत्साह छाएको प्रतिक्रिया किसानहरूले प्रकट गरेका छन् । यसबाट कृषि उपजको विक्रीवितरणको समस्या समाधान हुने र अब बिचौलियालाई तरकारी बेच्नु नपर्ने विश्वास गरिएको छ । सस्तो मूल्यमा बिचौलियालाई तरकारी बेच्नुपर्दा किसानले सोचेअनुसारको लाभ लिन नपाइरहेको अवस्था छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












