तरकारी खेती वृद्धि गर्न मोरङमा ब्लक कार्यक्रम सुरु,नबिकेको तरकारी पनि प्रशोधन गरिने
विराटनगर । विराटनगरमा तरकारीको ७० प्रतिशत माग धानिरहेको कटहरी गाउँमा ब्लक कार्यक्रम सुरु गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय मोरङले कटहरीसहित छेउको सिसबनी जहदा गाउँसमेतमा ब्लक कार्यक्रम सुरु गरेको हो । विराटनगर शहरसित पूर्वदक्षिणमा जोडिएको कटहरी पछिल्लो पुनःसंरचनामा उपमहानगरपालिकाभित्र परेको छ । तरकारी उत्पादनका लागि कटहरी निकै उर्वर क्षेत्र मानिन्छ । हाल यहाँ दुई हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उत्पादन र उत्पादकत्व बढाउँदै हरियो तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले ब्लक कार्यक्रम लागु गरिएको जिल्ला कृषि प्रमुख मनोजकुमार यादवले बताए । ब्लक कार्यक्रमअन्तर्गत कम्तीमा पनि एक सय हेक्टरमा तरकारी खेती गर्नु पर्नेछ । कार्यक्रम लागु भएपछि कार्यालयले बीउ, बेर्ना, मल, सिँचाइ, बजार व्यवस्थापनलगायतका सहयोग उपलब्ध गराउनेछ । तर यसका लागि ब्लक सञ्चालक समितिको प्रस्ताव आवश्यक पर्छ ।
यस्तो सञ्चालक समिति स्थानीय किसानकै सहभागिता र संलग्नतामा निर्माण गरिने हुँदा किसानका समस्या र आवश्यकता गाउँमै पूरा हुने विश्वास स्थानीय कृषक मनोजकुमार सिंहले व्यक्त गरे । गाउँमा ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा तरकारी खेती विस्तार गरेमा जोनका रूपमा समेत विस्तार गर्न सकिने प्रमुख यादवले जानकारी दिए ।
ब्लक कार्यक्रम सुरु भएसँगै आफूमा किसानमा उत्साह छाएको प्रतिक्रिया किसानहरूले प्रकट गरेका छन् । यसबाट कृषि उपजको विक्रीवितरणको समस्या समाधान हुने र अब बिचौलियालाई तरकारी बेच्नु नपर्ने विश्वास गरिएको छ । सस्तो मूल्यमा बिचौलियालाई तरकारी बेच्नुपर्दा किसानले सोचेअनुसारको लाभ लिन नपाइरहेको अवस्था छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












