उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी
डडेल्धुरा, १४ जेठ । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले शंकरबहादुर बोगटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष समेत रहेका बोगटीको अध्यक्षतामा १० सदस्यिय नयाँ कार्य समिति गठन गरिएको हो ।
डडेल्धुरामा शनिबार अबेर राति भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भए । कोषाध्यक्षमा राम कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन भने पाँच जना सदस्यहरुमा चेतराज भट्ट, माधव प्रसाद जोशी, सुरेश सिंह थापा, दीपक बहादुर महता र दान बहादुर सुर्मेली निर्विरोध निर्वाचित भएका हुन ।
जिल्ला तथा नगर उपाध्यक्षमा कृष्णप्रसाद पाठक र डम्बरबहादुर भण्डारीले समान ५/५ मत पाएपछि गोला प्रथाबाट पाठक विजयी भएका छन् । त्यस्तै एसोसियट तर्फको उपाध्यक्षमा युवा व्यवसायी हरिशंकर ठाकुर विजयी भएका छन् । उनले अनिल कुमार भोजानियालाई २ मतले पराजित गरे । ठाकुरले २७ र भोजानियाले २५ मत प्राप्त गरेका थिए ।
त्यस्तै एसोसियट तर्फ सदस्यका लागि भएको निर्वाचनमा जनकराज जोशी वियजी भएका छन् । उनले बम बहादुर शाहलाई ३ मत अन्तरले पराजित गरे । जोशीले २८ र शाहले २५ मत प्राप्त गरेका थिए । विजयी पदाधिकारीहरुलाई हिजै पद तथा गोपनियताको सफल ग्रहण गराइएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












