उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ७ को अध्यक्षमा शंकरबहादुर बोगटी
डडेल्धुरा, १४ जेठ । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश उद्योग बाणिज्य महासंघ अन्तर्गत प्रदेश नम्बर ७ को प्रथम साधारण सभाले शंकरबहादुर बोगटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कैलाली उद्योग बाणिज्य संघका वर्तमान अध्यक्ष समेत रहेका बोगटीको अध्यक्षतामा १० सदस्यिय नयाँ कार्य समिति गठन गरिएको हो ।
डडेल्धुरामा शनिबार अबेर राति भएको चुनावमा २ उपाध्यक्ष र एक एशोसियट सदस्य निर्वाचित भएका छन् । अध्यक्ष, कोषाध्यक्ष र जिल्ला तथा नगर ५ जना सदस्यहरु भने निर्विरोध चयन भए । कोषाध्यक्षमा राम कुमार भण्डारी निर्विरोध निर्वाचित भएका छन भने पाँच जना सदस्यहरुमा चेतराज भट्ट, माधव प्रसाद जोशी, सुरेश सिंह थापा, दीपक बहादुर महता र दान बहादुर सुर्मेली निर्विरोध निर्वाचित भएका हुन ।
जिल्ला तथा नगर उपाध्यक्षमा कृष्णप्रसाद पाठक र डम्बरबहादुर भण्डारीले समान ५/५ मत पाएपछि गोला प्रथाबाट पाठक विजयी भएका छन् । त्यस्तै एसोसियट तर्फको उपाध्यक्षमा युवा व्यवसायी हरिशंकर ठाकुर विजयी भएका छन् । उनले अनिल कुमार भोजानियालाई २ मतले पराजित गरे । ठाकुरले २७ र भोजानियाले २५ मत प्राप्त गरेका थिए ।
त्यस्तै एसोसियट तर्फ सदस्यका लागि भएको निर्वाचनमा जनकराज जोशी वियजी भएका छन् । उनले बम बहादुर शाहलाई ३ मत अन्तरले पराजित गरे । जोशीले २८ र शाहले २५ मत प्राप्त गरेका थिए । विजयी पदाधिकारीहरुलाई हिजै पद तथा गोपनियताको सफल ग्रहण गराइएको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












