श्री एयरलाइन्सले अन्ततः प्रमाणित उडान (प्रुभिङ फ्लाईट) को अनुमति पायो
काठमाडौं, १६ साउन । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आज (सोमबार) देखि प्रमाणित उडान गराउने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति प्रमाणपत्र (एओसी) जारी गर्नुभन्दा पहिले अनिवार्य रुपमा प्रमाणित उडान (प्रुभिङ फ्लाईट) गराउने नियम अनुसार श्री एयरलाइन्सले अनुमति पाएको हो ।
प्राधिकरणले सोमबारको लागि प्रुभिङ उडानको अनुमति दिएको हो । प्रुभिङ उडान पछि उद्घाटन उडान गरेलगत्यै प्राधिकरणले एओसी जारी गर्नेछ । प्रुभिङ फ्लाईटमा प्राधिकरणको टोली, पाइलटहरु लगायत इन्जिनियरहरु सहभागि हुने छन् ।
प्राविधिकहरुले उडानको क्रममा जहाजको सवै परिक्षण गर्नेछन् । सोही इन्जिनियर तथा पाइलटले दिने सुझाव तथा प्रतिक्रियाको आधारमा एओसी प्राधिकरणले जारी गर्नेछ । काठमाडौं(विराटनगर रुटमा प्रुभिङ फ्लाइट हुनसक्ने एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।
तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रूटमा नियमित उडान र काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्ने योजना बनाएको छ । श्री एयरलाइन्सका तीन वटा जहाज तीन महिना देखि उडान अनुमति नपाउँदा २० लाख भन्दा बढी प्राधिकरणलाई पार्किङ शुल्क बुझाइ सकेको एयरलाइन्सले जनाएको छ ।
आन्तरिक उडानका लागि भन्दै दुई अर्बभन्दा बढीको लगानीमा एयरलाइन्सले तीनवटा जहाज नेपाल ल्याएको थियो । अनुमति पाउन नसक्दा एयरलाइन्सका दुईवटा जहाज काठमाडौं र एउटा जहाज नेपालगन्ज विमानस्थलको पार्किङमा थन्किएका छन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












