श्री एयरलाइन्सले अन्ततः प्रमाणित उडान (प्रुभिङ फ्लाईट) को अनुमति पायो
काठमाडौं, १६ साउन । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आज (सोमबार) देखि प्रमाणित उडान गराउने भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति प्रमाणपत्र (एओसी) जारी गर्नुभन्दा पहिले अनिवार्य रुपमा प्रमाणित उडान (प्रुभिङ फ्लाईट) गराउने नियम अनुसार श्री एयरलाइन्सले अनुमति पाएको हो ।
प्राधिकरणले सोमबारको लागि प्रुभिङ उडानको अनुमति दिएको हो । प्रुभिङ उडान पछि उद्घाटन उडान गरेलगत्यै प्राधिकरणले एओसी जारी गर्नेछ । प्रुभिङ फ्लाईटमा प्राधिकरणको टोली, पाइलटहरु लगायत इन्जिनियरहरु सहभागि हुने छन् ।
प्राविधिकहरुले उडानको क्रममा जहाजको सवै परिक्षण गर्नेछन् । सोही इन्जिनियर तथा पाइलटले दिने सुझाव तथा प्रतिक्रियाको आधारमा एओसी प्राधिकरणले जारी गर्नेछ । काठमाडौं(विराटनगर रुटमा प्रुभिङ फ्लाइट हुनसक्ने एयरलाइन्सका बजार प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।
तीनवटा विमानले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी रूटमा नियमित उडान र काठमाडौंबाट नै माउन्टेन फ्लाइट पनि गर्ने योजना बनाएको छ । श्री एयरलाइन्सका तीन वटा जहाज तीन महिना देखि उडान अनुमति नपाउँदा २० लाख भन्दा बढी प्राधिकरणलाई पार्किङ शुल्क बुझाइ सकेको एयरलाइन्सले जनाएको छ ।
आन्तरिक उडानका लागि भन्दै दुई अर्बभन्दा बढीको लगानीमा एयरलाइन्सले तीनवटा जहाज नेपाल ल्याएको थियो । अनुमति पाउन नसक्दा एयरलाइन्सका दुईवटा जहाज काठमाडौं र एउटा जहाज नेपालगन्ज विमानस्थलको पार्किङमा थन्किएका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












