नयाँ बसपार्कबाट छयालिस हजार यात्रुले अग्रिम टिकट काटे
काठमाडौँ ३ असोज । दशैँमा घर जान अग्रिम टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दशैँ आउन केही दिन सुरु भएपनि लामो तथा मझौला दूरीका यात्रुहरुले टिकट लिएका हुन् ।
ल्होत्से बहुउदेश्यीय प्रालिले ४५ वर्षका लागि जग्गा भाडामा लिएर नयाँ बसपार्क सञ्चालन गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले सुरुको दिनमा घर जानका लागि धेरै टिकट लिएपनि पछिल्लो दिनमा घटेको बताए ।
दशैँमा घर जानका लागि भदौ २७ गते मङ्गलबारबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ मा ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० र असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रालिका मानव संशाधन प्रमुख मल्लले घटस्थापनादेखि नवमीसम्मका लागि मानिसले टिकट बुकिङ गरेको बताए ।
यस्तै देशका विभिन्न भागमा जानका लागि नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । त्योमध्ये सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरीने गर्दछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउँछन् । “सडकको दुरावस्था र वर्षाका कारण धेरै यात्रुहरुले अझैपनि टिकट काटेका छैनन्,”–महासचिव सिटौलाले भने । उनले गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको बताए ।
बाटोको दुरावस्था र वर्षाका कारणले गर्दा दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ ।
विभागका अनुसार यस वर्ष २० देखि २१ लाख यात्रु दशैँ मान्नका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । विभागका प्रवक्ता डा.टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँच छ लाख निजी यातायातमा बाहिरिने बताउँछन् । “टिकट वितरणमा कुनै समस्या छैन, सहज रुपमा सौहार्दपूर्ण रुपमा वितरण भइरहेको छ”, प्रवक्ता डा.पाण्डेले भने ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












