नयाँ बसपार्कबाट छयालिस हजार यात्रुले अग्रिम टिकट काटे
काठमाडौँ ३ असोज । दशैँमा घर जान अग्रिम टिकट बुकिङ खुलेको एक हप्ता पुग्दा नयाँ बसपार्कबाट ४६ हजार ४६५ यात्रुले अग्रिम टिकट बुकिङ गरेका छन् । दशैँ आउन केही दिन सुरु भएपनि लामो तथा मझौला दूरीका यात्रुहरुले टिकट लिएका हुन् ।
ल्होत्से बहुउदेश्यीय प्रालिले ४५ वर्षका लागि जग्गा भाडामा लिएर नयाँ बसपार्क सञ्चालन गरेको छ । प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले सुरुको दिनमा घर जानका लागि धेरै टिकट लिएपनि पछिल्लो दिनमा घटेको बताए ।
दशैँमा घर जानका लागि भदौ २७ गते मङ्गलबारबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । भदौ २७ मा ११ हजार ८१७, २८ गते सात हजार ३३६, २९ गते छ हजार ७७४, ३० गते सात हजार ५९६, ३१ गते चार हजार ८९८, असोज १ गते चार हजार ६३० र असोज २ गते तीन हजार ४१४ जनाले अग्रिम टिकट बुकिङ गरेका छन् । प्रालिका मानव संशाधन प्रमुख मल्लले घटस्थापनादेखि नवमीसम्मका लागि मानिसले टिकट बुकिङ गरेको बताए ।
यस्तै देशका विभिन्न भागमा जानका लागि नयाँ बसपार्क, गौशाला, सुन्धारा, पुरानो बसपार्क, कोटेश्वर, बल्खुलगायतका स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । त्योमध्ये सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरीने गर्दछन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैँका लागि ७० प्रतिशत टिकट बुकिङ भएकोे बताउँछन् । “सडकको दुरावस्था र वर्षाका कारण धेरै यात्रुहरुले अझैपनि टिकट काटेका छैनन्,”–महासचिव सिटौलाले भने । उनले गत वर्षको तुलनामा यस वर्ष कम टिकट बुकिङ भएको बताए ।
बाटोको दुरावस्था र वर्षाका कारणले गर्दा दशैँ आउनुभन्दा १५ दिन पहिला नै हवाइजहाजको टिकट बुकिङ भइसकेको छ ।
विभागका अनुसार यस वर्ष २० देखि २१ लाख यात्रु दशैँ मान्नका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । विभागका प्रवक्ता डा.टोकराज पाण्डे १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँच छ लाख निजी यातायातमा बाहिरिने बताउँछन् । “टिकट वितरणमा कुनै समस्या छैन, सहज रुपमा सौहार्दपूर्ण रुपमा वितरण भइरहेको छ”, प्रवक्ता डा.पाण्डेले भने ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












