सगुनमा नेपालीले लगानी गर्दा गुन भन्दा बैगुन पाउने
काठमाडौं, १ मंसिर । प्राथमिक सेयर निश्काशन अर्थात आईपीओ भनेपछि हुरुक्कै हुने नेपालीहरुलाई अमेरिकाबाट संचालित गोबिन्द गिरीको सगुन डटकमले आफ्नो कम्पनीमा पैसा हाल्न आब्हान गरिरहेको छ । आए नाफा, डुबे लगानी भन्ने शैलीमा प्रति आबेदक एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न उसले नेपालीहरुलाई आव्हान गरिरहेको छ ।
गोबिन्द गिरीको ९९.९ प्रतिशत मताधिकार रहेको कम्पनीमा सगुनले अहिले निश्काशन गरिरहेको सी ग्रेडको सेयरको मताधिकार १० भागको एक भाग मात्र रहने छ । कतिपय आलोचकहरुले सगुनको आईपीओलाई गिरी आईपीओ भन्ने गरेका छन् । ज जसले सेयर किनेपनि कम्पनीमा जम्मा हुने पैसामा गिरीबाहेक अरुले परिचालनको अधिकार राख्दैनन् ।
प्रति कित्ता २३ डलरमा आठ लाख ६९ हजार ५६४ कित्ता सेयर कम्पनीले बिक्रीमा राखेको छ । एकजनाले आफ्नो बार्षिक आम्दानी अर्थात कुल नेटवर्थको १० प्रतिशत वा ४३.४७ कित्ता वा सो भन्दा बढी आबेदन गर्न पाउने भनिएको छ । यसलाई अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनले स्वीकृति नदिएको कुरा पनि स्पष्ट गरिएको छ ।
सगुनले बिहीबार रातिसम्म ३२ लाख अमेरिकी डलर जम्मा पारिसकेको उसको वेभसाईटले देखाएको छ । आईपीओ बन्द हुने दिन नाभेम्बर ३० आउन अब १४ दिन मात्र बाँकी छ भनेर ब्यापक प्रचार गरिएको छ । उसको वेभसाईटमा नेपालबाट लगानी गर्न यहाँको कानुनले दिदैन र लगानी गर्न सक्नुहुन्न त भनिएको छ तर प्रचार नेपालमै बढी गरेर नेपालीहरुको पैसा गुप्त ढंगले तान्ने प्रयास गरिएको छ । उसको चलाखीपूर्ण बिज्ञापन हेर्दा नै घोकाघडीपूर्ण स्वतः देखिन्छ । नेपालबाट राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी मुद्रा बाहिर लैजान नपाउने अबस्थामा कतिपय नेपालीहरुले गैर कानुनी बाटोबाट सगुनमा लगानी गरेको बुझिएको छ ।
सगुनले यस आईपीओमा ५० लाख डलरदेखि दुई करोड डलरसम्म उठाउने योजना रहेको जनाएको छ तर अरु देशकाले यसमा लगानी गर्न चासो नदेखाएपछि नेपालीहरुलाई नै केन्द्रित गरेर प्रचारबाजी तीब्र पारिएको बुझ्न सकिन्छ ।
एलेक्जा डटकमले नेपालमा सगुनको र्याकिंङ नै देखाउँदैन भने भारतमा ४६ हजार साईटहरु पछाडि छ भने विश्वमा झण्डै चार लाख साईटहरुपछि मात्र सगुन देखिन्छ । नेपालीहरुलाई नै समेट्न नसकेको सगुनको अलोकप्रियता यसले पुष्टि गर्छ ।
तीन बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ईकमर्स सञ्जालको विस्तारका लागि भन्दै नेपाल र भारतमा कम्पनी दर्ता गरी कार्यालय खोलिएको उल्लेख गरेको छ । सगुनमा अहिले ४० जना कर्मचारीहरु कार्यरत रहेको बताईएको छ ।
उसले आईपीओबाट संकलन गर्ने रकम दुरुपयोग हुने संभावना पनि उत्तिकै छ । सगुनका गिरी अमेरिकी सेनाबाट अबकाश प्राप्त सूचना प्राबिधिक हुन् । गिरीले नेपालीहरुलाई सगुन भन्दा बैगुन दिने हो कि भन्ने आशंका बढेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












