सगुनमा नेपालीले लगानी गर्दा गुन भन्दा बैगुन पाउने
काठमाडौं, १ मंसिर । प्राथमिक सेयर निश्काशन अर्थात आईपीओ भनेपछि हुरुक्कै हुने नेपालीहरुलाई अमेरिकाबाट संचालित गोबिन्द गिरीको सगुन डटकमले आफ्नो कम्पनीमा पैसा हाल्न आब्हान गरिरहेको छ । आए नाफा, डुबे लगानी भन्ने शैलीमा प्रति आबेदक एक हजार अमेरिकी डलर वा सो भन्दा बढी लगानी गर्न उसले नेपालीहरुलाई आव्हान गरिरहेको छ ।
गोबिन्द गिरीको ९९.९ प्रतिशत मताधिकार रहेको कम्पनीमा सगुनले अहिले निश्काशन गरिरहेको सी ग्रेडको सेयरको मताधिकार १० भागको एक भाग मात्र रहने छ । कतिपय आलोचकहरुले सगुनको आईपीओलाई गिरी आईपीओ भन्ने गरेका छन् । ज जसले सेयर किनेपनि कम्पनीमा जम्मा हुने पैसामा गिरीबाहेक अरुले परिचालनको अधिकार राख्दैनन् ।
प्रति कित्ता २३ डलरमा आठ लाख ६९ हजार ५६४ कित्ता सेयर कम्पनीले बिक्रीमा राखेको छ । एकजनाले आफ्नो बार्षिक आम्दानी अर्थात कुल नेटवर्थको १० प्रतिशत वा ४३.४७ कित्ता वा सो भन्दा बढी आबेदन गर्न पाउने भनिएको छ । यसलाई अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनले स्वीकृति नदिएको कुरा पनि स्पष्ट गरिएको छ ।
सगुनले बिहीबार रातिसम्म ३२ लाख अमेरिकी डलर जम्मा पारिसकेको उसको वेभसाईटले देखाएको छ । आईपीओ बन्द हुने दिन नाभेम्बर ३० आउन अब १४ दिन मात्र बाँकी छ भनेर ब्यापक प्रचार गरिएको छ । उसको वेभसाईटमा नेपालबाट लगानी गर्न यहाँको कानुनले दिदैन र लगानी गर्न सक्नुहुन्न त भनिएको छ तर प्रचार नेपालमै बढी गरेर नेपालीहरुको पैसा गुप्त ढंगले तान्ने प्रयास गरिएको छ । उसको चलाखीपूर्ण बिज्ञापन हेर्दा नै घोकाघडीपूर्ण स्वतः देखिन्छ । नेपालबाट राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी मुद्रा बाहिर लैजान नपाउने अबस्थामा कतिपय नेपालीहरुले गैर कानुनी बाटोबाट सगुनमा लगानी गरेको बुझिएको छ ।
सगुनले यस आईपीओमा ५० लाख डलरदेखि दुई करोड डलरसम्म उठाउने योजना रहेको जनाएको छ तर अरु देशकाले यसमा लगानी गर्न चासो नदेखाएपछि नेपालीहरुलाई नै केन्द्रित गरेर प्रचारबाजी तीब्र पारिएको बुझ्न सकिन्छ ।
एलेक्जा डटकमले नेपालमा सगुनको र्याकिंङ नै देखाउँदैन भने भारतमा ४६ हजार साईटहरु पछाडि छ भने विश्वमा झण्डै चार लाख साईटहरुपछि मात्र सगुन देखिन्छ । नेपालीहरुलाई नै समेट्न नसकेको सगुनको अलोकप्रियता यसले पुष्टि गर्छ ।
तीन बर्ष अघि स्टार्ट अप कम्पनीको रुपमा अमेरिकाको वासिङ्टन डीसीमा स्थापना भएको सगुन इन्कले, सोसल ईकमर्स सञ्जालको विस्तारका लागि भन्दै नेपाल र भारतमा कम्पनी दर्ता गरी कार्यालय खोलिएको उल्लेख गरेको छ । सगुनमा अहिले ४० जना कर्मचारीहरु कार्यरत रहेको बताईएको छ ।
उसले आईपीओबाट संकलन गर्ने रकम दुरुपयोग हुने संभावना पनि उत्तिकै छ । सगुनका गिरी अमेरिकी सेनाबाट अबकाश प्राप्त सूचना प्राबिधिक हुन् । गिरीले नेपालीहरुलाई सगुन भन्दा बैगुन दिने हो कि भन्ने आशंका बढेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












