लमजुङमा अलैँची स्तरीकरण गरिँदै
लमजुङ, १८ मंसिर । पहिलो चरणको निर्वाचन सकिएलगत्तै लमजुङका किसान आफ्नो व्यवसायमा व्यस्त रहेका छन् । केही समय चुनावका कारण तितरवितर भएका कृषक अलैँची स्तरीकरण ग्रेडिङमा व्यस्त भएका हुन् । केही महिना अघिदेखि टिपेर र सुकाई राखेको अलैँची स्तरीकरण गरी उनीहरु बिक्रीको तयारीमा लागेका हुन् ।
सुकाएर मात्रै बिक्री गर्न सकिने अलैँची स्तरीकरणपछि उचित मूल्य पाइने भएकाले कृषकले त्यसको तयारी गरेका हुन् । कृषकले सुकाइसकेको अलैँचीलाई सफा गरी गुणस्तरको छुट्याउँदै बिक्री गर्न लागेको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
“स्तरीकरण नगरिएको र गरिएकोमा कम्तीमा प्रतिकिलो रु ५० फरक पर्छ” अध्यक्ष तामाङले भन्नुभयो “स्तरीकरण गरिएको अलैँची बिक्री गर्न पनि सजिलो हुन्छ ।” लमजुङको एक हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक रुपमा अलैँचीखेती हुने गरेको छ ।
जिल्लामा २० हजारभन्दा बढी कृषकले अलैँची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ । जिल्लामा गत वर्ष ८२१ टन अलैंँची उत्पादन भएकोमा यस वर्ष घट्ने अनुमान गरिएको छ । पुरानो बिरुवा र सिँचाइको राम्रो व्यवस्था नहुनाले यस वर्ष गत वर्षको तुलनामा उत्पान घट्ने अनुमान गरिएको छ । गत वर्ष अलैंँची बिक्रीबाट किसानले रु १० करोडभन्दा बढी आम्दानी गरेका थिए । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












