लमजुङमा अलैँची स्तरीकरण गरिँदै
लमजुङ, १८ मंसिर । पहिलो चरणको निर्वाचन सकिएलगत्तै लमजुङका किसान आफ्नो व्यवसायमा व्यस्त रहेका छन् । केही समय चुनावका कारण तितरवितर भएका कृषक अलैँची स्तरीकरण ग्रेडिङमा व्यस्त भएका हुन् । केही महिना अघिदेखि टिपेर र सुकाई राखेको अलैँची स्तरीकरण गरी उनीहरु बिक्रीको तयारीमा लागेका हुन् ।
सुकाएर मात्रै बिक्री गर्न सकिने अलैँची स्तरीकरणपछि उचित मूल्य पाइने भएकाले कृषकले त्यसको तयारी गरेका हुन् । कृषकले सुकाइसकेको अलैँचीलाई सफा गरी गुणस्तरको छुट्याउँदै बिक्री गर्न लागेको अलैँची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताउनुभयो ।
“स्तरीकरण नगरिएको र गरिएकोमा कम्तीमा प्रतिकिलो रु ५० फरक पर्छ” अध्यक्ष तामाङले भन्नुभयो “स्तरीकरण गरिएको अलैँची बिक्री गर्न पनि सजिलो हुन्छ ।” लमजुङको एक हजार २०० मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक रुपमा अलैँचीखेती हुने गरेको छ ।
जिल्लामा २० हजारभन्दा बढी कृषकले अलैँची खेतीबाट प्रत्यक्ष फाइदा लिइरहेको महासंघले जनाएको छ । जिल्लामा गत वर्ष ८२१ टन अलैंँची उत्पादन भएकोमा यस वर्ष घट्ने अनुमान गरिएको छ । पुरानो बिरुवा र सिँचाइको राम्रो व्यवस्था नहुनाले यस वर्ष गत वर्षको तुलनामा उत्पान घट्ने अनुमान गरिएको छ । गत वर्ष अलैंँची बिक्रीबाट किसानले रु १० करोडभन्दा बढी आम्दानी गरेका थिए । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












