पहिलो पुस्ताको आलुको बीउ उत्पादन–बिक्री गरेर मनग्य आम्दानी
कञ्चनपुर, २ पुस । शुक्लाफाँटा नगरपालिकाको पिपलाडी र जोनापुरका कृषक आलुको पहिलो पुस्ताको बीउ उत्पादन गरेर आम्दानी लिँदै आएका छन् । कृषि विकास कार्यालयले गठन गरेको कोपिला आलुको बीउ उत्पादन समूहमा आबद्ध भएका यहाँका ८५ कृषकले आलुको टिपिएस खास बीउ बीउ उत्पादन गर्दै आएका हुन् । यसरी उत्पादन गरिएको बीउ मात्रै बिक्री गरी प्रतिकिसानले रु तीन लाखदेखि रु पाँच लाखसम्म वार्षिक आम्दानी लिँदै आएका हुन् ।
आलुको दानाबाट लाग्ने रोगले उत्पादनमा क्रमिक रुपमा ह्रास ल्याउने भएकाले बियाँबाट तयार पारिएको आलुको बीउले उत्पादन वृद्धि हुने, रोगप्रतिरोात्मक क्षमता बढ्ने र आलु बालीमा लाग्ने प्रमुख डढुवा रोग सहन सक्ने क्षमता हुने भएकाले खास बीउ उत्पादनमा लागेको सीताराम चौधरीले बताउनुभयो ।
बीउमा उम्रने शक्ति बढी हुने, आलुमा लाग्ने रोग नगन्य मात्रामा हुने भएकाले यहाँ उत्पादन भएको पहिलो पुस्ताको आलुको बीउ कृषक माझ निकै लोकप्रिय बनेको हो । बीउ आलुभन्दा बियाँबाट आलुखेती गर्दा बढी उत्पादन दिने, स्वादिलो हुने भएकाले आलुखेती विस्तारका लागि बियाँ बीउ एक विकल्पका रुपमा प्रयोग गर्न सकिने कृषक पुरन चौधरीले बताउनुभयो । राष्ट्रिय आलुबाली विकास कार्यक्रमबाट उपलब्ध गराइएको स्रोत बियाँको बीउ प्रयोग गरी बीउ उत्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
“घाम लाग्ने सिँचाइ र निकासको राम्रो व्यवस्था भएको जग्गा छनोट गर्ने र नर्सरी राखी जैविक वा रासायनिक मल र बियाँ ब्याडमा राखेर बोट उत्पादन गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “ बिरुवा उम्रेको २५ दिनपछि खेतीका लागि खेतमा आलुका बोट रोपिन्छ । ” टिपिएस प्रविधिबाट कार्डिनल, जनकदेव र खुमलटार रातो जातका आलुका बिरुवा उत्पादन गरी आलुखेती यहाँका कृषकले गर्दै आएका छन् ।
जोनापुरका ४५ र पिपलाडीका ४० परिवार कृषि विकास कार्यालयबाट तालीम लिई एक दशकदेखि आलुको बीउ उत्पादनमा उनीहरू लागेका हुन् । विसं २०५७ देखि आलुको बीउ उत्पादनमा लागेका यहाँका कृषकले बार्षिक रुपमा ८० मेट्रिक टन बीउको आलु उत्पादन गर्दै आएको स्थानीय कृषक लक्ष्मण चौधरीले बताउनुभयो । दश कट्ठादेखि एक बिगाहा जग्गामा यहाँका कृषकले आलुखेतीलाई निरन्तरता दिँदै आएका छन् ।कूल २० हेक्टर क्षेत्रफलमा यहाँका कृषकले आलुको बीउ उत्पादन गर्दै आएको कृषि सेवा केन्द्र झलारीका प्राविधिक वीरबहादुर कुँवरले बताउनुभयो ।
यहाँ उत्पादित आलुको बीउ कञ्चनपुरका भीमदत्तनगरपालिका, झलारी, देखतभूली, दैजी, कैलाली, दार्चुला र डोटीसम्म आपूर्ति हुने गरेको छ । व्यापारीले कृषकको घरमै पुगेर आलु खरिद गरेर लैजाने गरेकाले बजारको अभाव नरहेको वसन्ती चौधरीले बताउनुभयो । बीउको आलुसँगै खाने आलु ४० मेट्रिक टन प्रतिवर्ष यहाँ उत्पादन हुँदै आएको छ ।
यसरी सिडलिङ्ग प्रविधिबाट उत्पादन गरिएको आलुको दाना पूर्णरुपमा निरोगी हुने भएकाले प्रतिहेक्टर १३ मेट्रिक टनसम्म उत्पादन हुने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । रोग नियन्त्रणका लागि तालीम र शीतभण्डारको व्यवस्था नहुँदा उत्पादित आलुको बीउ भण्डार गर्न यहाँका कृषकलाई समस्या छ । रासस
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











