काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् ।
पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा रु सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ ।
त्यसैगरी, रु पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, रु एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, रु ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईँले बताए ।
Comments
अरु समाचार
-
मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?
काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको...
-
मनोज श्रीमानको काम आजै फत्ते
काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ। शर्माविरुद्ध...
-
विश्वकप २०२६: नेयमारको पुनरागमन हुने भएपछि खेलप्रेमीमा उत्साह
काठमाडौँ । नेयमार ब्राजिलको २६ सदस्यीय विश्वकप टोलीमा समावेश भएका छन् । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने...
-
ट्रम्प फर्किएलगत्तै पुटिन चीनको औपचारिक भ्रमणमा जाँदै
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणलगत्तै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भोलि चीनको दुई दिने औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ ।...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
न्यायाधीशलाई सांसद समीक्षा बाँस्कोटाले चुनौती दिँदै भनिन्- राजनीति नै गर्ने भए कोट खोलेर आउनुस्
काठमाडौं । रास्वपा सांसद समीक्षा बाँस्कोटाले राजनीति नै गर्ने भए कोट खोलेर आउन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चुनौती दिएकी छिन् ।...
-
‘एक सयमाथिको सामानमा भन्सारको विषयमा सर्वोच्चको व्यावहारिक आदेश’
काठमाडौँ । नेपाल-भारत खुला सीमा क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तु, औषधि र सामाजिक व्यवहारका सामान खरिद गर्न भारतीय बजार...
-
विश्व स्वास्थ्य संकटकालको घोषणा, नेपालमा उच्च सतर्कता
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा...
-
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएको सरकारको निष्कर्ष, विद्युतीय चुह्लोमा अनुदान दिइने
काठमाडौँ। आर्थिक वर्ष २०९२ र ९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका...












