८ मेगावाटको अप्पर नौगाड अन्तिम चरणमा, चैतदेखि विद्युत् उत्पादन थाल्ने
काठमाडौँ, ९ पुस । ८ मेगावाट क्षमताको अप्पर नौगाड जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अपी पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
दार्चुला जिल्लामा आयोजनास्थल रहेको उक्त परियोजनाको भौतिक निर्माण कार्य सकिएकाले आगामी चैतदेखि विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ ।
कम्पनीका प्रमुख सञ्जीव न्यौपानेले मुलुकमा जारी ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ आयोजना तोकिएको समय भन्दा अगावै सम्पन्न हुन लागेको जानकारी दिनुभयो । सोही जिल्लामा आयोजनास्थल रहेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरिसकेको अवस्थामा अप्पर नौगाडको समेत विद्युत् थप भएपछि सुदूर र मध्यपश्चिममा विद्युत् आपूर्तिमा सहज विश्वस लिइएको छ ।
कम्पनीको यो दोस्रो आयोजना हो । यसअघि कम्पनीले १७ महिनाको छोटो अवधिमा नै ८.५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले कूल १८ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन प्रणालीसमेत जडान गर्ने तयारी गरेको छ । कम्पनीले ४० मेगावाट क्षमताको माथिल्लो चमेलियाको निर्माणको तयारी थालेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट शेयरधनीलाई आठ प्रतिशत बोनस शेयर दिने भएको तयारी गरेको छ । रु एक अर्ब पाँच करोड कूल चुक्ता पुँजीको आठ प्रतिशत बोनस दिन लागिएको हो । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












