कामु सीइओ जीवन भट्टराईले गरे सेञ्चुरी बैंकमा लोभलाग्दो प्रगति
काठमाडौं, १४ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । देशकै कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको हो । यो बैंकले अघिल्लो वर्ष २२ करोड ३९ लाखबाट खूद नाफा बढाएर ३२ करोड ५१ लाखको उचाईमा पुर्याएको हो ।
पहिलो त्रैमासमा १० करोड ५७ लाख नाफा गरेको यो बैंकले बाँकी तीन महिनामै नाफातर्फ २२ करोड रुपैयाँ थप गरेको छ । हाल बैंकमा सीइओ छैनन् । कामु सीइओको जिम्मेवारी जीवन भट्टराईको काधमा छ । फुल सीइओ नभएको अवस्थामा समेत भट्टराईको कुशल नेतृत्वले बैंकले आशालाग्दो प्रगति गरेको हो ।
यो बैंकको अन्य प्रमुख सूचकहरुमा समेत राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ५१ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई समीक्षा अवधिमा ७६ करोड माथि पुगेको छ । यस्तै, खर्च नियन्त्रणमा व्यवस्थापनले ध्यान दिंदा संचालन नाफा समेत ३२ करोड ७४ लाखबाट बढेर ३९ करोड २७ लाख पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरी ४७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३२ अर्ब ६७ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड मात्र कर्जा प्रवाह गरेको थियो ।
बैंकले रिजर्ब कोषमा समेत राम्रै फड्को मारेको छ । अघिल्लो वर्ष ८३ करोड ५९ लाख रुपैयाँ रहेको कोष बढेर १ अर्ब ७६ करोडको उचाईमा पुगेको छ । त्यस्तै ११ करोड १२ लाख राइट ब्याक गरेको बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि १८ करोड १९ लाख प्रोभिजनमा राखेको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा बढेको छ, तर अघिल्लो त्रैमासको तुलनामा भने घटेको छ । अघिल्लो वर्ष ०.४७ प्रतिशत रहेको यस्तो कर्जा समीक्षा अवधिमा ०.९९ प्रतिशत पुगेको हो । तर, पहिलो त्रैमासमा यस्तो कर्जा १.७७ प्रतिशत थियो ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












