कामु सीइओ जीवन भट्टराईले गरे सेञ्चुरी बैंकमा लोभलाग्दो प्रगति
काठमाडौं, १४ माघ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको छ । देशकै कान्छो वाणिज्य बैंकको रुपमा रहेको सेञ्चुरीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा लोभलाग्दो प्रगति गरेको हो । यो बैंकले अघिल्लो वर्ष २२ करोड ३९ लाखबाट खूद नाफा बढाएर ३२ करोड ५१ लाखको उचाईमा पुर्याएको हो ।
पहिलो त्रैमासमा १० करोड ५७ लाख नाफा गरेको यो बैंकले बाँकी तीन महिनामै नाफातर्फ २२ करोड रुपैयाँ थप गरेको छ । हाल बैंकमा सीइओ छैनन् । कामु सीइओको जिम्मेवारी जीवन भट्टराईको काधमा छ । फुल सीइओ नभएको अवस्थामा समेत भट्टराईको कुशल नेतृत्वले बैंकले आशालाग्दो प्रगति गरेको हो ।
यो बैंकको अन्य प्रमुख सूचकहरुमा समेत राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ५१ करोड ६० लाखमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई समीक्षा अवधिमा ७६ करोड माथि पुगेको छ । यस्तै, खर्च नियन्त्रणमा व्यवस्थापनले ध्यान दिंदा संचालन नाफा समेत ३२ करोड ७४ लाखबाट बढेर ३९ करोड २७ लाख पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरी ४७ अर्ब २ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३२ अर्ब ६७ करोड निक्षेप संकलन गरी २९ अर्ब १ करोड मात्र कर्जा प्रवाह गरेको थियो ।
बैंकले रिजर्ब कोषमा समेत राम्रै फड्को मारेको छ । अघिल्लो वर्ष ८३ करोड ५९ लाख रुपैयाँ रहेको कोष बढेर १ अर्ब ७६ करोडको उचाईमा पुगेको छ । त्यस्तै ११ करोड १२ लाख राइट ब्याक गरेको बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि १८ करोड १९ लाख प्रोभिजनमा राखेको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा बढेको छ, तर अघिल्लो त्रैमासको तुलनामा भने घटेको छ । अघिल्लो वर्ष ०.४७ प्रतिशत रहेको यस्तो कर्जा समीक्षा अवधिमा ०.९९ प्रतिशत पुगेको हो । तर, पहिलो त्रैमासमा यस्तो कर्जा १.७७ प्रतिशत थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












