‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आईएमई पे को बी टु बी सेवा शुरु
काठमाडौं, २४ माघ । आईएमई पेले आफ्नो बी टु बी सेवा सुरु भएको घोषणा गरेको छ । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पेले आफ्नो बी टु बी सेवा सुरु गरेको हो ।
आईएमई पे मूलतः एजेन्टको मद्दतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित मोबाइल वित्तीय सेवा भए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि “आईएमई पे गरौँ, व्यवसाय बढाऔँ” भन्ने नारा सहित आफ्नो बी टु बी सेवा सञ्चालन गरेको हो ।
बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् ।
आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् ।
जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीणरसेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












