‘आईएमई पे गरौँ, व्यवसाय बढाऔँ’ भन्ने नारा सहित आईएमई पे को बी टु बी सेवा शुरु
काठमाडौं, २४ माघ । आईएमई पेले आफ्नो बी टु बी सेवा सुरु भएको घोषणा गरेको छ । नेपालकै पहिलो भुक्तानी सेवा प्रदायकका रूपमा लाइसेन्स प्राप्त कम्पनी आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालित मोबाइल वित्तीय सेवामा आधारित आईएमई पेले आफ्नो बी टु बी सेवा सुरु गरेको हो ।
आईएमई पे मूलतः एजेन्टको मद्दतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित मोबाइल वित्तीय सेवा भए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि “आईएमई पे गरौँ, व्यवसाय बढाऔँ” भन्ने नारा सहित आफ्नो बी टु बी सेवा सञ्चालन गरेको हो ।
बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनि समय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् ।
आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् ।
जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीणरसेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम रहेको जनाएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












