एक वर्षमा विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो
काठाडौं, २३ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको छ।
विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो। फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।
अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ति रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो। चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सूचीमा दुई स्थान माथि उक्लेका छन्।
फोर्ब्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतिको सूचीमा चौधरी १५६१औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सूचीकृत थिए। फोर्ब्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्तर्गतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ।
त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाएका छन्।सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ति एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ।
चौधरीको सम्पत्ति सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो। त्यसपछि भने उनको सम्पत्ति बढ्दै गएको छ। फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिको सूचीमा विश्वभरीका २ हजार २०८ जना अटाएका छन् जसमा २५९ जना नयाँ धनाढ्य समावेश छन्।
यी सबैको सम्पत्ति जोड्दा ९ दशमलब १ ट्रिलियन डलर हुन आउँछ जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो। ७२ देशका धनाढ्य अटाएको यस सूचीमा हंगेरी र जिम्वावे समेत प्रवेश गरेका छन्।
सूचीमा अमेरिकी मात्र ५८५ जना तथा चीनका ३७३ जना छन्। सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन्।बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा २२ बिलियन डलर बढी छ। बेजोसको सम्पति ११२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर छ।
सूचीको तेश्रो स्थानमा सेयरका वादशाह तथा बर्कसायर आथवेका ८४ बिलियन डलर सहित वारेन वफेट, चौंथोमा फ्रान्सको बहुराष्ट्रिय कम्पनी एलभीएचएमका बर्नड अर्नल्ट तथा पाँचौमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ बिलियन डलर सहित समावेश छन्।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












