एक वर्षमा विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो
काठाडौं, २३ । नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्ब रुपैयाँ वृद्धि भएको छ।
विश्वभरीका खर्बपतिको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो। फोर्ब्सका अनुसार एक वर्षको अवधिमा चौधरीले करिब २० अर्ब रुपैयाँ आम्दानी गरेका छन्।
अघिल्लो वर्ष १ दशमलब ५ बिलियन डलर अर्थात १ खर्ब ५० अर्ब सम्पत्ति रहेकोमा यस वर्षको मार्च ६ सम्मको अवधिमा सो बढेर १ दशमलब ५२ बिलियन डलर अर्थात १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको हो। चौधरी सम्पत्तिसँगै डलर अर्बपतिको सूचीमा दुई स्थान माथि उक्लेका छन्।
फोर्ब्सले विश्वभरीका २ हजार २०८ जना डलर अर्बपतिको सूचीमा चौधरी १५६१औँ स्थानमा छन्। अघिल्लो वर्ष उनी १५६३औँ स्थानमा सूचीकृत थिए। फोर्ब्सले चौधरीको आम्दानीको प्रमूख स्रोतमा नविल बैंक, चौधरी ग्रुप कर्प अन्तर्गतका विभिन्न उद्योग तथा होटल भएको बताएको छ।
त्यस्तै ६ वर्षको अवधिमा चौधरीले आफ्नो सम्पत्ति करिब ५० अर्बले बढाएका छन्।सन् २०१३ को मार्च महिनामा चौधरीको कुल सम्पत्ति एक खर्ब थियो भने २०१४ मा १ खर्ब १० अर्ब, २०१५ मा १ खर्ब ३० अर्ब, २०१६ मा १ खर्ब १० अर्ब र २०१७ मा १ खर्ब ३० अर्ब पुगेको छ।
चौधरीको सम्पत्ति सन् २०१५ को मार्चमा १ खर्ब ३० अर्ब रहेकोमा २०१६ मा भने २० अर्बको गिरावट आउँदै १ खर्ब १० अर्बमा सिमित भएको थियो। त्यसपछि भने उनको सम्पत्ति बढ्दै गएको छ। फोर्ब्सले सार्वजनिक गरेको डलर अर्बपतिको सूचीमा विश्वभरीका २ हजार २०८ जना अटाएका छन् जसमा २५९ जना नयाँ धनाढ्य समावेश छन्।
यी सबैको सम्पत्ति जोड्दा ९ दशमलब १ ट्रिलियन डलर हुन आउँछ जुन अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो। ७२ देशका धनाढ्य अटाएको यस सूचीमा हंगेरी र जिम्वावे समेत प्रवेश गरेका छन्।
सूचीमा अमेरिकी मात्र ५८५ जना तथा चीनका ३७३ जना छन्। सूचीको पहिलो स्थानमा अमेजनका जेफ बेजोसले माइक्रोसफ्टका बिल गेट्सलाई उछिनेका छन्।बेजोसको सम्पत्ति बिल गेट्सकोभन्दा २२ बिलियन डलर बढी छ। बेजोसको सम्पति ११२ बलियन डलर छ भने गेट्सको ९० बिलियन डलर छ।
सूचीको तेश्रो स्थानमा सेयरका वादशाह तथा बर्कसायर आथवेका ८४ बिलियन डलर सहित वारेन वफेट, चौंथोमा फ्रान्सको बहुराष्ट्रिय कम्पनी एलभीएचएमका बर्नड अर्नल्ट तथा पाँचौमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग ७१ बिलियन डलर सहित समावेश छन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












