सिण्डिकेटको मारमा छन् सुनचाँदीका साना व्यवसायी : अध्यक्ष लकान्द्री
काठमाडौँ । सिण्डिकेटका कारण सुनचाँदी क्षेत्रका साना व्यवसायीहरू मारमा परेका छन् । ठूला व्यापारीका कारण सिण्डिकेट हट्न नसकेको हो ।
नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले ठूला व्यापारीले साना व्यवसायीलाई निरुत्साहीत र पलायन गराउन लागेको बताए । उनले भने,‘ठूला व्यापारीले साना व्यवसायीलाई निरुत्साहीत र पलायन गराउन लागेका छन् । यसमा साना व्यवसायीले सोच्नुपर्छ ।’
सरकाले कच्चा पदार्थ बढाउन नसक्दा चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । अध्यक्ष गणेश लकान्द्रीले सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई धरापमा पार्न खोजेको बताउँदै उनले भने,‘सुनचाँदीको क्षेत्रलाई सरकारले धरापमा पार्न खोजेको छ । यस विषयमा मञ्चको गम्भीर आपत्ती छ ।’
सरकारले एकद्वार प्रणाली मार्फत् नेपाल सुनचाँदी महासंघलाई सुन नदिन आग्रह गर्दे यसलाई सच्याउनुपर्ने अध्यक्ष लकान्द्रीको भनाई छ ।
उनले नेपाल सुनचाँदी महासंघले मात्रै नभई सबै व्यवसायीक संस्थालाई पारदर्शी रूपमा कच्चा पदार्थ पाउनुपर्ने बताए । लकान्द्रीले भने, सुनचान्दीको क्षेत्र ठूलाले मात्र व्यवसाय गर्ने क्षेत्र होइन, सानाले पनि व्यवसाय गर्न पाउनुपर्छ । सरकारले साना व्यवसायीलाई प्रात्साहन गरेर अगाडि बढ्न उनले सुझाव समेत दिए ।
‘सुनचाँदीको क्षेत्रले देशको आर्थिक अवस्थालाई माथि उठाउन ठूलो सहयोग गर्छ । नीतिगत रूपमा पैसा छाप्न पनि सुनै चाहिन्छ अध्यक्ष लकान्द्री भन्छन्,‘सरकारले सुनचाँदीको क्षेत्रलाई व्यवस्थि तगर्न नसक्दा आम व्यवसायी मारमा परेका छन् ।’
फाइल तस्बिर
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












