सिण्डिकेटको मारमा छन् सुनचाँदीका साना व्यवसायी : अध्यक्ष लकान्द्री
काठमाडौँ । सिण्डिकेटका कारण सुनचाँदी क्षेत्रका साना व्यवसायीहरू मारमा परेका छन् । ठूला व्यापारीका कारण सिण्डिकेट हट्न नसकेको हो ।
नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका केन्द्रीय अध्यक्ष गणेश लकान्द्रीले ठूला व्यापारीले साना व्यवसायीलाई निरुत्साहीत र पलायन गराउन लागेको बताए । उनले भने,‘ठूला व्यापारीले साना व्यवसायीलाई निरुत्साहीत र पलायन गराउन लागेका छन् । यसमा साना व्यवसायीले सोच्नुपर्छ ।’
सरकाले कच्चा पदार्थ बढाउन नसक्दा चाडबाडको मुखमा बजारमा सुनचाँदीको चरम अभाव भएको छ । अध्यक्ष गणेश लकान्द्रीले सरकारले कच्चा पदार्थ नबढाएर सुनचाँदीको क्षेत्रलाई धरापमा पार्न खोजेको बताउँदै उनले भने,‘सुनचाँदीको क्षेत्रलाई सरकारले धरापमा पार्न खोजेको छ । यस विषयमा मञ्चको गम्भीर आपत्ती छ ।’
सरकारले एकद्वार प्रणाली मार्फत् नेपाल सुनचाँदी महासंघलाई सुन नदिन आग्रह गर्दे यसलाई सच्याउनुपर्ने अध्यक्ष लकान्द्रीको भनाई छ ।
उनले नेपाल सुनचाँदी महासंघले मात्रै नभई सबै व्यवसायीक संस्थालाई पारदर्शी रूपमा कच्चा पदार्थ पाउनुपर्ने बताए । लकान्द्रीले भने, सुनचान्दीको क्षेत्र ठूलाले मात्र व्यवसाय गर्ने क्षेत्र होइन, सानाले पनि व्यवसाय गर्न पाउनुपर्छ । सरकारले साना व्यवसायीलाई प्रात्साहन गरेर अगाडि बढ्न उनले सुझाव समेत दिए ।
‘सुनचाँदीको क्षेत्रले देशको आर्थिक अवस्थालाई माथि उठाउन ठूलो सहयोग गर्छ । नीतिगत रूपमा पैसा छाप्न पनि सुनै चाहिन्छ अध्यक्ष लकान्द्री भन्छन्,‘सरकारले सुनचाँदीको क्षेत्रलाई व्यवस्थि तगर्न नसक्दा आम व्यवसायी मारमा परेका छन् ।’
फाइल तस्बिर
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












