समानुपातिक रूपमा सुन नदिए आन्दोलन गर्छौँ: मञ्चका अध्यक्ष लकान्द्री
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरूले दैनिक २५ केजीका दरले सुन ल्याउन मन्त्रालयले राष्ट्र बैंक मार्फत् स्वीकृती दिएको हो ।
राष्ट्र बैंकले चाडपर्वका बेला दैनिक ३० केजीसम्म सुनको आयात गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रालयले भने २५ केजीसम्म सुन ल्याउन स्वीकृती दियो । चाडपर्वका बेला बीचबीचमा २५ केजीसम्म आयात गर्न दिइएकोमा अब असोजदेखि मंसिरसम्मको अवधि कायम गरेर सहजता दिलाइएको मन्त्रालयको दाबी छ ।
सुनको अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले भने दैनिक ३५ केजी कोटा कायम गर्नुपर्ने माग गर्दै आएका छन् ।
२५ केजी सुन समानुपातिक ढंगमा वितरण नभई दुई महासंघ (नेपाल रत्न आभूषण र सुनचाँदी व्यवसायी महासंघ) ले यसका सीमित सदस्यहरूलाई पालन–पोषण गर्न आएको नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले आरोप लगाएका छन् । यो बढेको कोटामा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई समानुपातिक रूपमा नछुट्याए कडा संघर्षमा उत्रने समेत अध्यक्ष लकान्द्रीले चेतावनी दिए ।
‘सुनचाँदी क्षेत्रका सीमित व्यक्तिहरूको पहुँचका भरमा सुनचाँदी व्यवसाय अब रहँदैन । साना व्यवसायीले पनि बस्ने र बाँच्ने अधिकार पाउनुपर्छ । यो २५ केजी कोटा पनि पारदर्शी पनि हुँदैन । यसमा पनि दुई महासंघले समानुपातिक ढंगले बाँड्छन जस्तो मलाई लागेको छैन मञ्चका अध्यक्ष लकान्दीले भने,‘साँच्चै भन्नुपर्दा एसोसियट सदस्यहरू खारेज गर्नुपर्छ र छाता संगठनहरूले सजह रूपमा सुन पाउनुपर्छ ।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












