समानुपातिक रूपमा सुन नदिए आन्दोलन गर्छौँ: मञ्चका अध्यक्ष लकान्द्री
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंसिरसम्म नियमित दैनिक २५ केजीका दरले सुन ल्याउन दिनेगरी राष्ट्र बैंकलाई स्वीकृत दिएको छ । राष्ट्र बैंकले सर्कुलर जारी गरेपछि बैंकहरूले दैनिक २५ केजीका दरले सुन ल्याउन मन्त्रालयले राष्ट्र बैंक मार्फत् स्वीकृती दिएको हो ।
राष्ट्र बैंकले चाडपर्वका बेला दैनिक ३० केजीसम्म सुनको आयात गर्न प्रस्ताव गरेको थियो । तर मन्त्रालयले भने २५ केजीसम्म सुन ल्याउन स्वीकृती दियो । चाडपर्वका बेला बीचबीचमा २५ केजीसम्म आयात गर्न दिइएकोमा अब असोजदेखि मंसिरसम्मको अवधि कायम गरेर सहजता दिलाइएको मन्त्रालयको दाबी छ ।
सुनको अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरूले भने दैनिक ३५ केजी कोटा कायम गर्नुपर्ने माग गर्दै आएका छन् ।
२५ केजी सुन समानुपातिक ढंगमा वितरण नभई दुई महासंघ (नेपाल रत्न आभूषण र सुनचाँदी व्यवसायी महासंघ) ले यसका सीमित सदस्यहरूलाई पालन–पोषण गर्न आएको नेपाल राष्ट्रिय सुनचाँदी मञ्चका अध्यक्ष गणेश लकान्द्रीले आरोप लगाएका छन् । यो बढेको कोटामा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चलाई समानुपातिक रूपमा नछुट्याए कडा संघर्षमा उत्रने समेत अध्यक्ष लकान्द्रीले चेतावनी दिए ।
‘सुनचाँदी क्षेत्रका सीमित व्यक्तिहरूको पहुँचका भरमा सुनचाँदी व्यवसाय अब रहँदैन । साना व्यवसायीले पनि बस्ने र बाँच्ने अधिकार पाउनुपर्छ । यो २५ केजी कोटा पनि पारदर्शी पनि हुँदैन । यसमा पनि दुई महासंघले समानुपातिक ढंगले बाँड्छन जस्तो मलाई लागेको छैन मञ्चका अध्यक्ष लकान्दीले भने,‘साँच्चै भन्नुपर्दा एसोसियट सदस्यहरू खारेज गर्नुपर्छ र छाता संगठनहरूले सजह रूपमा सुन पाउनुपर्छ ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












