चार सडक मर्मत गरिँदै
काठामान्डैां । सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म, राप्ती राजमार्गअन्तर्गत लमहीको अमिलियादेखि सल्यानको चोरखोलासम्म, सोही सडक खण्डको चोरखोलादेखि खौलासम्म तथा लमही–तुलसीपुर खडकअन्तर्गत मोतीपुर कलभर्ट निर्माणका लागि रकम विनियोजन गरिएको छ ।“सडकमा खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती हुने गरेको छ,” गौतमले भने । सो रकमले खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने तथा नाला निर्माण गरिनेछ ।
धानखोलादेखि शिवखोलासम्मको सडक मर्मत गर्न रु ९२ लाख बजेट छुट्याइएको छ । राजमार्गको दाङ खण्डमा पर्ने ७७ किमी सडकमा परेका खाल्डाखुल्डी, नाला निर्माण तथा पर्खाल निर्माण गर्ने जिम्मा शान्ति कन्सट्रक्सनले पाएको छ । यस्तै राप्ती राजमार्गको लमहीदेखि सल्यानको चोरडाँडासम्मको सडक मर्मतका लागि रु ५६ लाख बजेट छुट्याइएको गौतमले बताउनुभयो । झण्डै १२५ किमी सडकमा पर्ने खाल्डाखुल्डी, पर्खाल र नाला मर्मत गरिनेछ ।
यस्तै राप्ती राजमार्गको सल्यानको चोरडाँडादेखि रुकुमको खौलासम्मको ९० किमी सडक मर्मतका लागि रु ७० लाख बजेट छुट्याइएको छ । गत वर्षको वर्षातमा भत्किएको लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा कलभर्ट निर्माण गरिनेछ । सो कार्यका लागि रु ६७ लाख बजेट छुट्याइएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












