चार सडक मर्मत गरिँदै
काठामान्डैां । सडक डिभिजन कार्यालयले दाङले मुख्य राजमार्गका सडक मर्मत गर्न थालेको छ । जीर्ण सडक मर्मतका लागि करीब रु तीन करोड बजेट छुट्याइएको छ ।
सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोलादेखि शिवखोलासम्म, राप्ती राजमार्गअन्तर्गत लमहीको अमिलियादेखि सल्यानको चोरखोलासम्म, सोही सडक खण्डको चोरखोलादेखि खौलासम्म तथा लमही–तुलसीपुर खडकअन्तर्गत मोतीपुर कलभर्ट निर्माणका लागि रकम विनियोजन गरिएको छ ।“सडकमा खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती हुने गरेको छ,” गौतमले भने । सो रकमले खाल्डाखुल्डी पुर्ने, पर्खाल बनाउने तथा नाला निर्माण गरिनेछ ।
धानखोलादेखि शिवखोलासम्मको सडक मर्मत गर्न रु ९२ लाख बजेट छुट्याइएको छ । राजमार्गको दाङ खण्डमा पर्ने ७७ किमी सडकमा परेका खाल्डाखुल्डी, नाला निर्माण तथा पर्खाल निर्माण गर्ने जिम्मा शान्ति कन्सट्रक्सनले पाएको छ । यस्तै राप्ती राजमार्गको लमहीदेखि सल्यानको चोरडाँडासम्मको सडक मर्मतका लागि रु ५६ लाख बजेट छुट्याइएको गौतमले बताउनुभयो । झण्डै १२५ किमी सडकमा पर्ने खाल्डाखुल्डी, पर्खाल र नाला मर्मत गरिनेछ ।
यस्तै राप्ती राजमार्गको सल्यानको चोरडाँडादेखि रुकुमको खौलासम्मको ९० किमी सडक मर्मतका लागि रु ७० लाख बजेट छुट्याइएको छ । गत वर्षको वर्षातमा भत्किएको लमही–तुलसीपुर सडक खण्डको मोतिपुरमा कलभर्ट निर्माण गरिनेछ । सो कार्यका लागि रु ६७ लाख बजेट छुट्याइएको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












