जन्म र मृत्यु संस्कारको चामल वितरण कार्य प्रभावकारी बन्दै
सुर्खेत । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो ।
आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे । यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ ।
सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७४/७५ मा जुम्लाका ३१३ घरधुरीले लाभ लिएका छन् । सेवा लिनेमा २७२ जन्म र ४१ मृत्यु हुनेका घरधुरी रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख घनश्याम अर्यालले जानकारी दिनुभयो । “प्रतिसेवाग्रही २० किलोका दरले ६२ क्विन्टल ६० किलो चामल वितरण गरिएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “वितरित चामलको हिसाब गर्दा नगद रु दुई लाख ५९ हजार ५६ हुन आउँछ ।”
जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक अन्य सात स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उहाँले बताउनुभयो ।
जन्म र मृत्यु दुवैमा २० किलो चामल लिन आउने पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका सेवाग्रहीलाई रु ५०० तथा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्रहीलाई रु एक हजार ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो ।
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका–१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताउनुभयो । “यसले निश्चित सम्पन्न वर्गलाई मतलव नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको छ”, शिक्षक शाहीले भन्नुभयो, “बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।”
यो सेवा लिनेका लागि नेपाल खाद्य संस्थान जुम्लाले छ महीनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पताल जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












