जन्म र मृत्यु संस्कारको चामल वितरण कार्य प्रभावकारी बन्दै
सुर्खेत । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क, वादविवाद, चर्चापरिचर्चा, विचारविमर्श र टिकाटिप्पणीले व्यापक स्थान लियो ।
आफूलाई बुझ्ने ठान्नेमध्येका थोरैले सरकारको सकरात्मक सम्बोधन भएको प्रतिक्रिया दिए तर धेरैले कर्णालीवासीलाई जन्म र मृत्युको २० किलो चामलसँग दाँजेर अपमान गरेको रोषपूर्ण अभिव्यक्ति प्रकट गरे । यद्यपि पछिल्लो समयमा तत्कालीन सरकारले सम्बोधन गरेको जन्म र मृत्यु संस्कारमा गरिँदै आएको चामल वितरण कार्य भने प्रभावकारी बन्दै गएको छ ।
सरकारले दिएको यो सेवाबाट गत आर्थिक वर्ष २०७४/७५ मा जुम्लाका ३१३ घरधुरीले लाभ लिएका छन् । सेवा लिनेमा २७२ जन्म र ४१ मृत्यु हुनेका घरधुरी रहेको नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख घनश्याम अर्यालले जानकारी दिनुभयो । “प्रतिसेवाग्रही २० किलोका दरले ६२ क्विन्टल ६० किलो चामल वितरण गरिएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “वितरित चामलको हिसाब गर्दा नगद रु दुई लाख ५९ हजार ५६ हुन आउँछ ।”
जुम्लाको चन्दननाथ नगरपालिकाबाहेक अन्य सात स्थानीय तहका नागरिकलाई २० किलो चामलका साथै ज्याला पनि प्रदान गरिएको उहाँले बताउनुभयो ।
जन्म र मृत्यु दुवैमा २० किलो चामल लिन आउने पातारासी, गुठीचौर र तातोपानी गाउँपालिकाका सेवाग्रहीलाई रु ५०० तथा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका सेवाग्रहीलाई रु एक हजार ज्याला प्रदान गर्दै आएको कार्यालय प्रमुख अर्यालले जानकारी दिनुभयो ।
२० किलो चामल उपलब्ध हुँदा गरीब घरका मृतकका परिवारलाई केही हदसम्म भए पनि राहत भएको र जन्ममा सुत्केरी महिलाको खाद्य सुरक्षामा सहयोग पुगेको हिमा गाउँपालिका–१ बड्की जुम्लाका स्थानीय शिक्षक खम्बा शाहीले बताउनुभयो । “यसले निश्चित सम्पन्न वर्गलाई मतलव नहोला तर विपन्न र गरीबको पीडालाई सम्बोधन गरेको छ”, शिक्षक शाहीले भन्नुभयो, “बरु यसको परिमाण बढाएर कार्यक्रमलाई निरन्तरता दिनुपर्दछ ।”
यो सेवा लिनेका लागि नेपाल खाद्य संस्थान जुम्लाले छ महीनाको अवधि राखेर जन्मको हकमा बच्चा अस्पताल जन्मेको जन्मको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडापालिकाको सिफारिश र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडापालिकाको सिफारिश र सेवा लिन आउने सेवाग्रहीको नागरिकता लिएर सेवा प्रवाह गर्दै आएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












