श्रमिकलाई सामाजिक सुरक्षा दिइने
काठमान्डाैँ। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ ।
यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम उपयोगविहीन भएको छ । अब आवश्यक कार्यविधि र निर्देशिका बनाएर सामाजिक सुरक्षा कोषले श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न लागि आवश्यक कामहरु गर्नेछ ।
नियमावलीमा सबै रोजगारदाताले कामदारका लागि अतिरिक्त रकम सामाजिक सुरक्षाबापत सञ्चय गर्नुपर्ने ब्यवस्था गरिएको छ । अब श्रमिकले आफ्नो पारिश्रमिकको केही प्रतिशत रकम कोषमा बचत गर्नैपर्नेछ भने त्यसमा रोजगारदाताले योगदान गर्नुपर्नेछ ।
यही रकमबाट सरकारले विभिन्न सामाजिक सुरक्षाका स्किमहरु बनाएर श्रमिकलाई प्रदान गर्छ । अहिले यही कोषलाई परिचालन गर्न सामाजिक सुरक्षा कोषले विभिन्न स्किम तयार गर्दैछ ।
कुनै पनि श्रमिकले सहभागी हुन चाहेमा रोजगारदाता कम्पनी कोषमा रकम जम्मा गर्न बाध्य हुनेछ । यदि कुनै रोजगारदाताले रकम जम्मा नगरेमा कोषले कारवाही पनि गर्न सक्छ । रोजगारदाता कम्पनीको खातादेखि राहदानी रोक्का र इजाजत पत्र खारेजसम्मको व्यवस्था पनि छ ।
सुरक्षा कोषमा रोजगारदाताको १८.३३ र कामदारको १० प्रतिशत रकम जम्मा हुने निश्चित छ । कोषमा कामदारको तलवको ३१ प्रतिशत नबढ्ने गरी कोषमा रकम जम्मा हुने व्यवस्था ऐनमा छ । थप सुविधा लागि सरकारले समिति बनाएर दर निर्धारण गर्नेछ ।
श्रमिकहरुका लागि यो सञ्चयकोष जस्तै हुनेछ । यसमा सहभागी भएपछि ऐनमा तोकिए अनुसार औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, बृद्ध अवस्था सुरक्षा, आश्रति परिवार सुरक्षा पाइनेछ ।
सरकारले समाजिक सुरक्षा कार्यक्रम लागू गर्न मंसिरदेखि विभिन्न प्रदेशमा रोजगारदाताको दर्ता सुरु गर्दैछ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीकाअनुसार यो प्रक्रिया सकिएपछि कामदारको दर्ता सुरु हुनेछ । त्यसपछि मात्रै कोषमा रकम जम्मा गर्ने काम सुरु हुनेछ ।
हाल कोषले श्रमिकका लागि विभिन्न स्किमहरु प्रस्ताव गरेको छ । जसबारे अन्तिम निर्णय भएको छैन । अहिले सामाजिक सुरक्षा कार्याक्रम लागू गर्न कोष तीव्र रुपमा गृहकार्यमा छ ।
यो कोषमा हाल १९ अर्ब रुपैयाँ उपयोगविहीन भएर बसेको छ । कार्यक्रम लागू भएपछि श्रमिक तथा तीनका परिवारले आफूले गरेको योगदानमै आधारित भएर समाजिक सुरक्षा पाउनेछन् ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












