श्रमिकलाई सामाजिक सुरक्षा दिइने
काठमान्डाैँ। सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ ।
यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा कोषमा जम्मा भएको अर्बौं रकम उपयोगविहीन भएको छ । अब आवश्यक कार्यविधि र निर्देशिका बनाएर सामाजिक सुरक्षा कोषले श्रमिकको सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न लागि आवश्यक कामहरु गर्नेछ ।
नियमावलीमा सबै रोजगारदाताले कामदारका लागि अतिरिक्त रकम सामाजिक सुरक्षाबापत सञ्चय गर्नुपर्ने ब्यवस्था गरिएको छ । अब श्रमिकले आफ्नो पारिश्रमिकको केही प्रतिशत रकम कोषमा बचत गर्नैपर्नेछ भने त्यसमा रोजगारदाताले योगदान गर्नुपर्नेछ ।
यही रकमबाट सरकारले विभिन्न सामाजिक सुरक्षाका स्किमहरु बनाएर श्रमिकलाई प्रदान गर्छ । अहिले यही कोषलाई परिचालन गर्न सामाजिक सुरक्षा कोषले विभिन्न स्किम तयार गर्दैछ ।
कुनै पनि श्रमिकले सहभागी हुन चाहेमा रोजगारदाता कम्पनी कोषमा रकम जम्मा गर्न बाध्य हुनेछ । यदि कुनै रोजगारदाताले रकम जम्मा नगरेमा कोषले कारवाही पनि गर्न सक्छ । रोजगारदाता कम्पनीको खातादेखि राहदानी रोक्का र इजाजत पत्र खारेजसम्मको व्यवस्था पनि छ ।
सुरक्षा कोषमा रोजगारदाताको १८.३३ र कामदारको १० प्रतिशत रकम जम्मा हुने निश्चित छ । कोषमा कामदारको तलवको ३१ प्रतिशत नबढ्ने गरी कोषमा रकम जम्मा हुने व्यवस्था ऐनमा छ । थप सुविधा लागि सरकारले समिति बनाएर दर निर्धारण गर्नेछ ।
श्रमिकहरुका लागि यो सञ्चयकोष जस्तै हुनेछ । यसमा सहभागी भएपछि ऐनमा तोकिए अनुसार औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अशक्तता सुरक्षा, बृद्ध अवस्था सुरक्षा, आश्रति परिवार सुरक्षा पाइनेछ ।
सरकारले समाजिक सुरक्षा कार्यक्रम लागू गर्न मंसिरदेखि विभिन्न प्रदेशमा रोजगारदाताको दर्ता सुरु गर्दैछ । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीकाअनुसार यो प्रक्रिया सकिएपछि कामदारको दर्ता सुरु हुनेछ । त्यसपछि मात्रै कोषमा रकम जम्मा गर्ने काम सुरु हुनेछ ।
हाल कोषले श्रमिकका लागि विभिन्न स्किमहरु प्रस्ताव गरेको छ । जसबारे अन्तिम निर्णय भएको छैन । अहिले सामाजिक सुरक्षा कार्याक्रम लागू गर्न कोष तीव्र रुपमा गृहकार्यमा छ ।
यो कोषमा हाल १९ अर्ब रुपैयाँ उपयोगविहीन भएर बसेको छ । कार्यक्रम लागू भएपछि श्रमिक तथा तीनका परिवारले आफूले गरेको योगदानमै आधारित भएर समाजिक सुरक्षा पाउनेछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












