महिला दुनाटपरी उद्योगतर्फ आकर्षित
काठमाडैाँ । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो ।
दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।
“साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु,” स्थानीयवासी सञ्जु मल्लले भनिन, “घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले सालको लाफा लगाउने र समूहलाई बिक्री गर्न पाइएको छ ।” सालको लाफा लगाएर छोराछोरीको पढाई खर्च, खाजाखर्च र घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । काँसजरी क्षेत्रका महिला अहिले सालको लाफा लगाउने कार्यमा कस्सिएका छन् ।
स्थानीयवासी सीता मल्लको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उहाँ बताए । “विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिले गाउँमै आम्दानी गर्न सक्ने भएका छाैँ मल्लले भनिन् ।
तीन महीनाअघि यहाँ उद्योग सञ्चालनमा आएको हो । आमा समूहका सदस्यले पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्ने गर्छन् । अहिले गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्धलगायत कार्यमा दुनाटपरीको माग बढ्न थालेको आमा समूहका अध्यक्ष शोभाकुमारी खड्काले बताए । “गाउँघरमा भोजभतेरको समयमा प्लास्टिकका सामान प्रयोग हुने गरेकामा अहिले दुनाटपरीको प्रयोग हुन थालेको छ,” उनले भने । एक सय थान टपरी रु २५० तथा १२० थान दुना रु एक सयमा बिक्री हुँदै आएको छ ।
आमा समूहले रामपुर नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पु¥याउने उद्देश्यका साथ सो उद्योग सञ्चालनमा ल्याएको हो । रु तीन लाख ५० हजारको लागतमा दुई उपकरण खरीद गरी दुनाटपरी उत्पादन थालेको आमा समूहका पूर्वअध्यक्ष सीमादेवी रानाले बताए । समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । महिला उद्योग–व्यवसाय चलाएर आफैँ उद्यामी बनेका छन् । सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












