महिला दुनाटपरी उद्योगतर्फ आकर्षित
काठमाडैाँ । ग्रामीण भेगका महिलालाई स्वरोजगार बनाउन दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ काँसजरीस्थित चेतनामूलक आमा समूहले सो उद्योग सञ्चालनमा ल्याएको हो ।
दुनापटरी उद्योग गाउँका महिलाका लागि आयआर्जन गर्ने माध्यम बनेको छ । जङ्गलमा खेर गएका सालको पातबाट उनीहरुले दुनापटरी बनाउँदै आएका छन् । महिलाले फुर्सदको समयलाई सदुपयोग गरी घरायसी कामकाजसँगै दुनापटरी बनाउने गरेका छन् । यहाँका महिला फुर्सदको समयमा जङ्गल गई सालको पात टिपेर ल्याउने र घरमै बसेर लाफा लगाउने कार्यमा व्यस्त रहन्छन् ।
“साँझ–बिहान घरको काम सकाएर दिउँसो फुर्सदमा दुनाटपरी बनाउन थाल्छु,” स्थानीयवासी सञ्जु मल्लले भनिन, “घरमा दिनभर टिभी हेरेर तथा छिमेकीसँग गफ गरेर समय बित्दथ्यो, अहिले सालको लाफा लगाउने र समूहलाई बिक्री गर्न पाइएको छ ।” सालको लाफा लगाएर छोराछोरीको पढाई खर्च, खाजाखर्च र घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । काँसजरी क्षेत्रका महिला अहिले सालको लाफा लगाउने कार्यमा कस्सिएका छन् ।
स्थानीयवासी सीता मल्लको दैनिकी पनि हिजोआज जङ्गल गई सालको पात टिप्ने र लाफा लगाउने कार्यमै बित्ने गरेको छ । यस व्यवसायबाट आयआर्जन गर्न सहज भएको उहाँ बताए । “विगतमा रोजगारी सिर्जना हुने खालको उद्योग नहुँदा निकै दुःख झेल्नु पथ्र्यो, अहिले गाउँमै आम्दानी गर्न सक्ने भएका छाैँ मल्लले भनिन् ।
तीन महीनाअघि यहाँ उद्योग सञ्चालनमा आएको हो । आमा समूहका सदस्यले पालैपालो आफैँ उपकरण चलाएर दुनाटपरी उत्पादन गर्ने गर्छन् । अहिले गाउँघरमा हुने शुभकार्य, विवाह, व्रतबन्धलगायत कार्यमा दुनाटपरीको माग बढ्न थालेको आमा समूहका अध्यक्ष शोभाकुमारी खड्काले बताए । “गाउँघरमा भोजभतेरको समयमा प्लास्टिकका सामान प्रयोग हुने गरेकामा अहिले दुनाटपरीको प्रयोग हुन थालेको छ,” उनले भने । एक सय थान टपरी रु २५० तथा १२० थान दुना रु एक सयमा बिक्री हुँदै आएको छ ।
आमा समूहले रामपुर नगरपालिकालाई प्लास्टिकमुक्त नगर घोषणा कार्यक्रममा सघाउ पु¥याउने उद्देश्यका साथ सो उद्योग सञ्चालनमा ल्याएको हो । रु तीन लाख ५० हजारको लागतमा दुई उपकरण खरीद गरी दुनाटपरी उत्पादन थालेको आमा समूहका पूर्वअध्यक्ष सीमादेवी रानाले बताए । समूहमा आबद्ध महिलाले मात्र नभई अन्य महिलाले पनि सो कार्य गर्दै आएका छन् । महिला उद्योग–व्यवसाय चलाएर आफैँ उद्यामी बनेका छन् । सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ । उद्योगलाई निरन्तर सञ्चालन गर्न सकेमा महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने देखिन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












