‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती
पोखराः मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ ।तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् ।
बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्तौँ देखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौँ”, गड्यौलीटारकी ४८ वर्षीया चन्द्रकुमारी कुमाल बताए ।
गाउँमा विद्युत् छैन, डिजेलबाट चल्ने कलमा कुट्दा महङ्गो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएका छौँ भन्दै उहाँ जोड दिए, “बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन् यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो, के गर्ने विकल्प छैन, ‘खाए मकै, नखाए भोकै’ । यहाँका मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कुँडो पकाएर दिने गरिन्छ ।”
वैशाख महीनाको पहिलो हप्ता बारीमा लगाएको मकै साउनमा पाक्ने नयाँटारका भीमबहादुर कुमाल बताउनुुहुन्छ । मकै पाकेर भाँचेपछि भदौको पहिलो हप्तामा मास, बोडीको बीउ, भटमास र फेरी मकै बारीभित्रै छर्ने गरिएको उहाँको भनाइ छ । यहाँका प्रत्येक घरको आँगनमा भण्डारण गरेको मकैको सुली बाह्रै महीना देख्न पाइन्छ ।
भीमबहादुरका अनुसार गाउँपालिका–१ खुङलिङटार, जगौलीटार तथा वडा नं ४ को गड्यौलीटार र नयाँटारमा झण्डै ५५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पिपलटार, रुपटार र पट्टाटारका अधिकांश बासिन्दाको खाद्यान्नको मुख्य आधार पनि मकै नै हो । उहाँका अनुसार गाउँपालिकामा उत्पादनका हिसाबले अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिँचाइको व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुने देखिन्छ ।
फाँटमा सिँचाइको व्यवस्था हुने हो भने कृषिबाट स्वरोजगार सिर्जना हुने भएकाले युवाशक्ति विदेशिनु नपर्ने स्थानीयवासीको भनाइ छ । आफूले लगाएको २५ रोपनी जग्गामा मकै राम्रो उत्पादन भएको र सो जग्गामा लगाएको मास बिक्रीबाट मात्र यस वर्ष लगभग रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको गड्यौलीटारका कृषक धनबहादुर कुमाल बताए ।“उत्पादित वस्तु बिक्री हुँदैन कि भन्नु पर्दैन, खरीदका लागि व्यापारी गाउँमै आउने गरेका छन्”, उनले भने, “मास, भटमास र बोडी प्रतिपाथी ५०० का दरले बिक्री हुने गरेको छ ।”
कालीगण्डकी नदीको पानी लिप्टिङ प्रविधिमार्फत फाँटमा सिँचाइ गर्न सक्ने हो भने स्थानीय कृषकको आर्थिक उन्नतिका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक हुने उनीहरूको अपेक्षा छ ।
रासस
Comments
अरु समाचार
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खोटाङकाे खार्तम्छामा शव बाेकेकाे हेलिकप्टर दुर्घटना
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।...
-
केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गयो, ५ जना घाइते
उदयपुर । उदयपुरमा हावाहुरीका कारण २ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । हावाहुरीले मृत्यु हुनेमा...
-
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया...
-
राजस्वका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७० लाख रुपैयाँ घूस लिएको खुल्याे
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीमाथि...












