ताजा समाचार

वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन

काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका पराजुलीको पहिलो पदस्थापन नै अख्तियारमा भएको हो। रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएको थियो। तीमध्ये पराजुलीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो।

डिल्लीराम शर्मा अवकाशमा गएपछि एक महिनादेखि अख्तियार सचिवविहीन अवस्थामा रहेको थियो । पराजुलीले जिल्ला प्रशासन कार्यालय काठमाडौं, धनुषा, धनुकटा, बझाङ, उदयपुर, तेह्रथुम, दोलखा लगायत जिल्लामा सीडीयो भएर काम गरेका थिए ।

पराजुलीसँग गृहमन्त्रालयका विभिन्न महाशाखामा रहेर काम गरेको अनुभव  छ । अख्तियार कार्यालय इटहरी र केन्द्रीय कार्यालयमा पनि लामो समय काम गरेको उनीसँग अनुभव छ । उनी सहसचिव हुँदा भएर लामो समय अख्तियारमै बसेका थिए। सचिव बढुवा भएका पराजुलीले पहिलो पोष्टिङ नै अख्तियारमा पाएका हुन्।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org