धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले धनकुटाको भेडेटार र धरानस्थित पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, प्रवर्द्धन र व्यवस्थापनसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई सहज वातावरण बनाउन कार्यालय स्थापना गरिएको समितिका कार्यकारी निर्देशक अविजाल विष्टले बताए।
उनका अनुसार चतरा हुँदै बराहक्षेत्र मन्दिर पुग्ने पर्यटक तथा तीर्थयात्रीका लागि आवश्यक पूर्वाधार निर्माणमा समेत समितिले सहजीकरण सुरु गरेको छ। बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा समेत सम्पर्क कार्यालय स्थापना गरी भेटीघाटीलाई व्यवस्थित र पारदर्शी बनाउने तयारी भइरहेको उनले बताए। त्यसका लागि समितिले भेटी व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजाने प्रक्रिया अघि बढाएको छ। सम्पर्क कार्यालयमार्फत सुनसरी, उदयपुर र धनकुटाका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रबारे सूचना तथा आवश्यक सेवा दर्शनार्थीलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको समितिले जनाएको छ।
भेडेटार चोकमा राखिएको डिजिटल प्रदर्शनमार्फत बृहत्तर बराहक्षेत्र विकास समितिले गरेका कामका साथै विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रका तस्बिर प्रदर्शन हुँदै आएका छन्। विराटनगर विमानस्थलमा राखिएको प्रदर्शनमार्फत पनि रामधुनी, श्रीलंका टापु, कोशी करिडोर क्षेत्र, बेलका राजा–बेलका रानी दरबार, मैना राजा–मैना रानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामठ, छिन्ताङ, पाथीभरा मन्दिर, दन्तकाली, बुढासुब्बा र विष्णुपादुका मन्दिरलगायत क्षेत्रबारे यात्रुलाई जानकारी दिने व्यवस्था गरिएको छ।
समितिले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर विभिन्न पर्यटकीय सर्किटसमेत तयार गरेको छ। रामधुनी हुँदै श्रीलंका टापु, बेलका राजा–बेलका रानी दरबार, महाकालथान मन्दिर, कोशी नदीको शुक्लाफाँट हुँदै औलियामठसम्मको एउटा सर्किट तयार गरिएको छ।
त्यस्तै औलियामठ हुँदै बराह मन्दिर, खुवालुङ, कोकासंगम, मैना राजा–मैना रानी तथा त्रिवेणीधाम–छिन्ताङलाई जोडेर अर्को धार्मिक पर्यटकीय सर्किट तयार गरिएको विष्टले बताए। यी सर्किटलाई थप व्यवस्थित बनाउन सरोकारवालासँग छलफल भइरहेको समितिले जनाएको छ। धरान र भेडेटार आउने पर्यटकलाई बराहक्षेत्र र रामधुनीसम्म जोड्ने गरी समितिले गतिविधि अघि बढाएको छ।
पूर्वी नेपालको प्रमुख धार्मिक क्षेत्रका रूपमा रहेको बराहक्षेत्रमा विकास समितिको उपस्थिति विस्तारसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पर्यटक तथा तीर्थयात्रीलाई आवश्यक सूचना तथा सेवा उपलब्ध गराउने काम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












