समृद्ध नेपालका लागि कर तिर्नुपर्नेमा जोड
पोखरा । सातौँ राष्ट्रिय कर दिवसका अवसरमा पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज यहाँ आयोजित ‘वर्तमान कर प्रणाली’ विषयक अन्तक्र्रियामा समृद्ध नेपाल निर्माणका लागि कर तिर्नुपर्नेमा जोड दिइएको छ ।
पूर्वाधार विकासका लागि आर्थिक स्रोत आवश्यक भएको उल्लेख गर्दै कार्यक्रमका वक्ताले त्यसका लागि नियमानुसार कर तिर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकामा जोड दिएका छन् । आन्तरिक राजश्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्दै कर सङ्कलन विना समृद्ध नेपालको परिकल्पना असम्भव भएको बताउनुभयो ।
कास्कीमा मात्र ४३ हजार करदाता रहेको जानकारी गराउँदै उहाँले ६४३ होटल आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको उल्लेख गर्नुभयो । बाग्लुङ र तनहुँमा आन्तरिक राजश्व कार्यालयको स्थापनासँगै अहिले पोखरा कार्यालयले कास्की र स्याङ्जालाई मात्र आफ्नो दायरामा समेटेको उहाँले जानकारी दिनुभयो । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आर्थिक ऐनले ल्याएका योजनाबाट लाभ लिन व्यवसायीसँग आग्रह गर्नुभयो । करसम्बन्धी नबुझेका कुरा कर अधिकृतसँग बुझेर कर तिरी इमान्दार करदाता बन्न उहाँले आग्रह गर्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीले कर तिरेर नै देश समृद्ध बन्ने विषयमा आफूहरू सचेत रहेको औँल्याउँदै होटल क्षेत्रमा खर्बौैं रुपैयाँको लगानी भए पनि काठमाडौँमा जस्तो पोखरामा पर्यटकको आगमन मनग्य नभएको बताउनुभयो । करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै उहाँले देशमा रोजगारी सिर्जना गर्दै अन्य उद्योगलाई समेत होटल क्षेत्रले सहयोग पु¥याएको स्मरण गराउनुभयो ।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव पौडेलले आर्थिक ऐन २०७५ अन्तर्गत करदातालाई प्रदान गरिएका पछिल्ला योजनाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा सङ्घअन्तर्गतका सदस्य होटलका सञ्चालक र कर्मचारीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












