समृद्ध नेपालका लागि कर तिर्नुपर्नेमा जोड
पोखरा । सातौँ राष्ट्रिय कर दिवसका अवसरमा पश्चिमाञ्चल होटल सङ्घ पोखराद्वारा आज यहाँ आयोजित ‘वर्तमान कर प्रणाली’ विषयक अन्तक्र्रियामा समृद्ध नेपाल निर्माणका लागि कर तिर्नुपर्नेमा जोड दिइएको छ ।
पूर्वाधार विकासका लागि आर्थिक स्रोत आवश्यक भएको उल्लेख गर्दै कार्यक्रमका वक्ताले त्यसका लागि नियमानुसार कर तिर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकामा जोड दिएका छन् । आन्तरिक राजश्व कार्यालयका प्रमुख केशवकुमार उप्रेतीले समृद्ध नेपालका लागि कर तिर्न सम्बन्धित सबैसँग आग्रह गर्दै कर सङ्कलन विना समृद्ध नेपालको परिकल्पना असम्भव भएको बताउनुभयो ।
कास्कीमा मात्र ४३ हजार करदाता रहेको जानकारी गराउँदै उहाँले ६४३ होटल आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको उल्लेख गर्नुभयो । बाग्लुङ र तनहुँमा आन्तरिक राजश्व कार्यालयको स्थापनासँगै अहिले पोखरा कार्यालयले कास्की र स्याङ्जालाई मात्र आफ्नो दायरामा समेटेको उहाँले जानकारी दिनुभयो । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले आर्थिक ऐनले ल्याएका योजनाबाट लाभ लिन व्यवसायीसँग आग्रह गर्नुभयो । करसम्बन्धी नबुझेका कुरा कर अधिकृतसँग बुझेर कर तिरी इमान्दार करदाता बन्न उहाँले आग्रह गर्नुभयो ।
सङ्घका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले व्यवसायीले कर तिरेर नै देश समृद्ध बन्ने विषयमा आफूहरू सचेत रहेको औँल्याउँदै होटल क्षेत्रमा खर्बौैं रुपैयाँको लगानी भए पनि काठमाडौँमा जस्तो पोखरामा पर्यटकको आगमन मनग्य नभएको बताउनुभयो । करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै उहाँले देशमा रोजगारी सिर्जना गर्दै अन्य उद्योगलाई समेत होटल क्षेत्रले सहयोग पु¥याएको स्मरण गराउनुभयो ।
आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत उद्धव पौडेलले आर्थिक ऐन २०७५ अन्तर्गत करदातालाई प्रदान गरिएका पछिल्ला योजनाका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा सङ्घअन्तर्गतका सदस्य होटलका सञ्चालक र कर्मचारीको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












