खाध संस्थानले सस्तोमा धान किन्दै – किसान महङ्गोमा निजी क्षेत्रलाई धान बेच्दै
वीरगञ्ज । सङ्घीय सरकारले धान खरीदको न्यूनतम समर्थन मूल्य तोकेपछि पर्सा जिल्लाका धान उत्पादन गर्ने अधिकांश किसान नेपाल खाद्य संस्थानमा धान नबेचेर निजी क्षेत्रका गल्ला व्यापारीलाई महङ्गोमा धान बेच्ने गरेका छन् ।
सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्विन्टल दुई हजार ७०० सम्ममा किन्ने गरेकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।
नेपाल खाध संस्थानभन्दा स्थानीय व्यापारीले प्रति क्विन्टल रु २०० देखि रु ३०० बढीमा धान खरीद गर्ने भएकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ५२५ तथा जिरा मसिनो धान प्रति क्विन्टल तीन हजार २०० का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाध संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले राससलाई बताउनुभयो ।
संस्थानले चालु आर्थिक वर्ष २०७५/७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्विन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोना मन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।
अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्विन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।
संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।
स्ांस्थानले गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरूप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
प्रमुख घिमिरेले निजी क्षेत्रको व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सङ्घीय सरकारले १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य भने पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानले पर्सा बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












