खाध संस्थानले सस्तोमा धान किन्दै – किसान महङ्गोमा निजी क्षेत्रलाई धान बेच्दै
वीरगञ्ज । सङ्घीय सरकारले धान खरीदको न्यूनतम समर्थन मूल्य तोकेपछि पर्सा जिल्लाका धान उत्पादन गर्ने अधिकांश किसान नेपाल खाद्य संस्थानमा धान नबेचेर निजी क्षेत्रका गल्ला व्यापारीलाई महङ्गोमा धान बेच्ने गरेका छन् ।
सङ्घीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ४६० मा खरीद गर्दै आइरहेको छ । निजी क्षेत्रका गल्ला व्यापारी तथा चामल मिलले त्यही धान प्रति क्विन्टल दुई हजार ७०० सम्ममा किन्ने गरेकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान शेषमन पण्डितको भनाइ छ ।
नेपाल खाध संस्थानभन्दा स्थानीय व्यापारीले प्रति क्विन्टल रु २०० देखि रु ३०० बढीमा धान खरीद गर्ने भएकोले निजी क्षेत्रलाई धान बेच्ने गरेको अर्का किसान विजय पण्डितको भनाइ छ । अघिल्लो वर्ष संस्थानले सोना मन्सुली धानप्रति क्विन्टल रु दुई हजार ५२५ तथा जिरा मसिनो धान प्रति क्विन्टल तीन हजार २०० का दरले खरीद गरेको थियो । तर यसवर्ष सङ्घीय सरकारले धान खरीदको समर्थन मूल्य कम राखेकाले किसान निजी क्षेत्रका व्यापारीलाई धान बेच्ने गरेको नेपाल खाध संस्थान शाखा कार्यालय वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले राससलाई बताउनुभयो ।
संस्थानले चालु आर्थिक वर्ष २०७५/७६ मा १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ५३ क्विन्टल मात्र धान खरीद गर्न सकेको छ । संस्थानले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड २५ लाख मूल्य बराबरको तीन हजार मेट्रिक टन सोना मन्सुली र जिरा मसिनो धान खरीद गरेको थियो ।
अमेरिकी सरकारले एक हजार मेट्रिक टन क्षमताको एउटा गोदाम बनाएपछि संस्थानसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । संस्थानसँग अहिले अघिल्लो वर्षको सोना, जिरा र जापानी चामल गरी १२ हजार ८०० क्विन्टल चामल मौज्दात अवस्थामा रहेको छ ।
संस्थानले धान खरीद गरी उत्पादन गर्ने चामल आवश्यकता अनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालञ्ज, सुर्खेत, भैरहवा डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ ।
स्ांस्थानले गत वर्ष आएको बाढीबाट प्रभावितका लागि राहतस्वरूप विराटनगरमा दुई हजार १०० क्वीन्टल चामल पठाएको थियो । त्यसैगरी संस्थानले गतवर्ष जिल्ला कारागार वीरगञ्जलाई ३६८ मेट्रिक टन, भीमफेदी कारगारलाई २०९ मेट्रिक टन तथा गौर कारगारलाई ४५ मेट्रिक टन मन्सुली चामल पठएको शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
प्रमुख घिमिरेले निजी क्षेत्रको व्यापारीसँग प्रतिस्पर्धा गर्न नसके पनि सङ्घीय सरकारले १५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य भने पूरा हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानले पर्सा बाराका केही किसानबाट धान खरीद गर्ने गरेको छ । पर्सा जिल्लामा यसवर्ष किसानले ४५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरी दुई लाख २७ हजार २५० मेट्रिक टन धान उत्पादन गरेका छन् ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












