तीन सडकलाई चार करोड बजेट
गलकोट । बागलुङ जिल्लाका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि सङ्घीय सरकारले रु चार करोड बजेट विनियोजन गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बागलुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि रु दुई करोड बजेट विनियोजन भएकोे क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताउनुभयो ।
काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखि म्याग्दीको सिमसम्मको सडकका लागि रु एक करोड र बागलुङ, चापाखर्क, बरेङ सडकखण्डको लागि रु एक करोड विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । तीनवटै सडकको स्तरोन्नतिका लागि विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य पाठकले जानकारी दिनुभयो ।
एउटा क्षेत्रमा दुई बाटोमा रकम विनियोजन हुँदै आए पनि जनताको मागअनुसार तीन वटा सडकमा रकम छुट्याइएको बताइएको छ । तीनवटै सडक सर्वसाधारणको प्रत्यक्ष जनजीविकासँग जोडिएका सडक भएकाले बहुवर्षे योजना बनाएर स्तरोन्नतिको काम थाल्ने पाठकले बताउनुभयो ।
जिल्लाको क्षेत्र नं १ मा पर्ने तिनै सडकको स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले छुट्याएको बजेटको विषयमा जानकारी आएको भए पनि क्षेत्र नं २ का रणनीतिक सडकको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












