एक हजार तीन सय हेक्टरमा हिउँदे मकै
घोराही । दाङको देउखुरी क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ ।
आर्थिक वर्ष २०७३/७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस वर्ष थप तीन सय हेक्टर क्षेत्रफलमा खेती हुन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (मकै सुपरजोन) लमहीले जानकारी दिएको छ ।
परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत पिताम्बर बस्नेतका अनुसार अहिले सुपरजोन कार्यक्रमलाई पूर्णरूपमा यान्त्रिकीकरण गरिएको छ । सो क्षेत्रमा मकै खेतीका लागि आवश्यक पर्ने प्रविधिका सामग्रीहरु १० स्थानमा राखिएको छ । त्यहाँ मकैको बीउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नङ्ग्याउने, दाना छोडाउने लगायतका कामका लागि आवश्यक प्रविधि सामग्री राखिएका छ ।
परियोजनाले मकै सुपरजोनलाई सफल पार्न मकै खेतीलाई पूर्ण यान्त्रिकीकरण गरी मल उत्पादन र बजारीकरणका साथै गुणस्तर बीउ उत्पादनसमेत त्यहाँका कृषि समूहले गरिरहेको अधिकृत बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार मकै खेतीमा मलका रूपमा प्रयोग गर्न वर्षको ६० टन गड्यौली मल उत्पादन भइरहेको छ ।
परियोजनाले आव २०७४/७५ मा कृषकलाई प्रविधिमा आकर्षण गर्न विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको छ । सोअन्तर्गत ५० प्रतिशत अनुदानमा कस्टम हायरिङ सेन्टर स्थापना गरिएको छ । चार ठूला, तीन मझौला र चार साना हायरिङ सेन्टर स्थापना गरिएको छे । यसका साथै ८५ प्रतिशत अनुदानमा पोष्ट हार्भेष्ट सेन्टर स्थापना गरिएको छ र ती सेन्टरहरू तीन वटा कृषक सहकारी समूहको सहभागितामा स्थापना गरिएको कार्यान्वयन इकाइ लमहीले जनाएको छ ।
कृषि अधिकृत बस्नेतका अनुसार ५१ जना कृषक समूह तथा सहकारीका सदस्यलाई स्प्रे ट्याङ्की, सुरक्षित पहिरन सेट वितरण गरिएको छ । उहाँका अनुसार ७१ जना कृषक समूह तथा सहकारीका सदस्यलाई मकैका परिकार बनाउने तालीमसमेत प्रदान गरिएको छ भने ७६ जना सदस्यलाई कृषि यन्त्र औजार, उपकरण सञ्चालन तथा मर्मत गर्ने तालीम दिई सक्षम बनाइएको छ । परियोजना लाभान्वित २३१ जना मोबाइल एप्स चलाउन सक्षम भई मकै सुपरजोनका सूचना घरमै बसी हेर्न सक्षम भएका छन् ।
कृषि अधिकृत बस्नेतले ११ वटा कृषक समह तथा सहकारीमा कष्टम हायरिङ सेन्टर स्थापना भएको छ जसवाट किसानलाई मकै खेतीमा व्यावसायिक तथा पूर्ण यान्त्रिकीकरणमा सहजता भएको छ । परियोजना लागू भएको ठाउँमा साना सिँचाइ कार्यक्रमअन्तर्गत ८५ प्रतिशत अनुदानमा ७३ दशमलब ८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा, सोलार सिँचाइ कार्यक्रमअन्तर्गत ८५ प्रतिशत अनुदानमा ५३ दशमलव तीन हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ ।
लमही नगरपालिका र राप्ती गाउँपालिका क्षेत्रमा सञ्चालित मकै सुपरजोन योजना यस वर्षदेखि थप विस्तार गरिएको छ । यस वर्षबाट गढवा गाउँपालिका र राजपुर गाउँपालिका क्षेत्रमा पनि कार्यक्रम लागू गरिएको छ । कार्यक्रम लागू भएका ठाउँहरूमा मकै खेती पूर्णरूपमा यान्त्रिकीकरण भए पनि नयाँ ठाउँमा भने प्रविधि प्रदर्शन गर्दै हस्तान्तरण गरिने कृषि अधिकृत बस्नेतले बताउनुभयो । पहिले ३४ वटा सहकारी तथा समूह भएकामा नयाँ क्षेत्र विस्तार भएसँगै २५ वटा समूह गठन भएका छन् भने समूह तथा सहकारी सङ्ख्या ५९ पुगेको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












