बीस बैंकको लाभांश घोषणा (सूचीसहित)
काठमाडौँ । २० वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट अझै ९ बैंकले लाभांश घोषणा गर्न बाँकी छ। यस पटक बैंकहरुले बोनस सेयरभन्दा नगद लाभांशलाई प्राथमिकता दिएका छन्।
गत वर्षसम्म चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता रहेकोमा सबैले पुर्याइसकेकाले नगद लाभांशलाई जोड दिएका हुन्। चुक्ता पुँजी बढाउनु पर्दा यसअघि हकप्रद र बोनस सेयर प्रशस्त जारी गरेका बैंकहरुले यो पटक नगदलाई प्राथमिकता दिएका हुन्।
कसरी गणना गर्ने प्राप्त हुने लाभांश ?
बैंकहरुले गत आवको नाफाबाट चुक्ता पुँजीको दरमा लाभांश दिने गर्छन् । आफूसँग भएको सेयर संख्यालाई कम्पनीले दिने लाभांशले गुणा गरी १ सयले भाग गरेपछि प्राप्त हुने लाभांश निकाल्न सकिन्छ।
मानौँ तपाईसँग ए कम्पनीको १ सय कित्ता सेयर छ, सो कम्पनीले १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत सेयर बोनस दिने भएमा तपाईले १५ सय नगद पाउनुहुन्छ भने १० कित्ता सेयर थप पाउनुहुन्छ।
दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ । नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै करको व्यवस्था गरेका हुन्छन्।
यदी नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।
कुन बैंकले कति लाभांश घोषणा गरे ?
| बैंक | बोनस लाभांश | नगद लाभांश | जम्मा |
| इन्भेष्टमेन्ट | १८ | २२ | ४० |
| नविल | १२ | २२ | ३४ |
| एनएमबि | १० | २० | ३० |
| बिओके | १४ | ११ | २५ |
| एभरेष्ट | २० | २० | |
| स्टान्डर्ड | १७. ५ | १७. ५ | |
| ग्लोबल आइएएमई | १६ | १६ | |
| प्राइम कमर्सियल | १६ | १६ | |
| एसबिआई | ५ | १०.७९ | १५.७९ |
| हिमालयन | ५ | १०.७९ | १५.७९ |
| सानिमा | १४ | १४ | |
| सिद्धार्थ | ५ | ८.१६ | १३.१६ |
| सनराइज | ११.५ | ११.५ | |
| नेपाल बंगलादेश | १०. ५३ | १०.५३ | |
| एनआइसी एसिया | १० | ०. ५३ | १०. ५३ |
| मछापुच्छ्रे | १० | १० | |
| जनता | ८.५ | ८.५ | |
| मेगा | १ | ६.८५ | ७.८५ |
| सिटिजन्स | ३.६३ | १.६४ | ५.६२ |
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












