सेयर बजारमा उतारचढाव आउनुको मुख्य कारण ब्याजदर
काठमाडौँ । नेपालमा बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा अधिक प्रभाव छ । यसको मुख्य कारण नेप्सेमा सुचिकृत सेयरमध्ये करिब ८० प्रतिशत सेयर बैंक तथा वित्तीय संस्थाको हुनु हो । त्यसैले बैंकमा हुने गतिविधिका कारण नेप्से परिसूचकमा उतारचढाव हुँदै आएको छ ।
पछिल्लो समय अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले समेत नीतिगत रुपमा लचकता अपनाउँदै पूँजी बजारको विकासमा जोड दिएका छन् । बैंकको ब्याजदर घटाइएको छ भने सेयर धितो कर्जामा लचकता अपनाएको छ । तरपनि सेयर बजारमा लगानीकर्ताले अपेक्षा गरे अनुरुप सुधार हुन सकेको छैन् ।
सेयर बजार ब्याजदरकै कारण प्रभावित भएको विश्लेषण विश्लेषकहरुको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेपछि लगानीकर्ताले सेयरको विक्री बढाएका थिए । सोहिकारण नेप्से लामो समय देखि घटदो अवस्थामा छ ।
अर्थमन्त्रालय र राष्ट्रबैंक सकारात्मक
अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा बजार र पूँजी बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरे । कार्यदलले दिएको सुझावका आधारमा नेपाल राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुले ब्याजदर घटाए । त्यस्तै राष्ट्र बैंकले पूँजीबजारका समस्या समाधान गर्न सेयर कर्जामा खुकुलो नीति लियो । सरकार नीतिगत रुपमा सकारात्मक हुनु र बैंकहरुले ब्याजदर घटाएका कारण नेप्से तीन सातामा झण्डै एक साय अंकले बढन पुग्यो ।
किन घट्यो परिसूचक नेप्से ?
पछिल्लो एक सातामा नेप्से ३२ अंकले घटेको छ । सरकारले सेयर बजार तथा मुद्रा बजार सुधारका लागि नीतिगत लचकता अपनाएको छ । तरपनि नेप्से लगानीकर्ताले अपेक्षा अनुरुप बढन सकेन् । साना लगानीकर्ताले सेयरको खरिद चाप बढाउने र ठुला तथा चलाख लगानीकर्ताले नाफा सुरक्षित गर्ने प्रवृति देखियो । यसमा अन्यु विषयहरु भन्दापनि पुष मासान्तको प्रभाव परेको लगानीकर्ताहरुको बुझाई छ । पुष मसान्तसम्ममा कम्पनीहरुले साधारणसभा गरि सरकारलाई कर बुझाउनु पर्छ । त्यसैका लागि पैसाको जोहो गर्न सेयरको विक्रीचाप बढन गएको लगानीकर्ताको विश्लेषण छ ।
ब्याजदर नै मुख्य कारण
बैंकको ब्याजदर र सेयर बजारबिच बिपरित सम्बन्ध हुन्छ । बैंकमा ब्याजदर बढ्दा सेयर बजारका परिसूचकहरु घटछन भने ब्याजदर घटदा सेयर परिसूचक बढछन् । खासगरि लगानीकर्ताले बैंकको निक्षेप र कर्जाको ब्याजदरमा उतारचढाव हुँदा सेयर बजारबाट हुनसक्ने नाफासंग तुलना गर्दछन् ।
सेयर बजारबाट पाउने प्रतिफल भन्दा बैंक निक्षेपबाट पाउने ब्याज आम्दानी बढि हुन गएमा लगानीकर्ताले सेयर विक्री गरि पैसा जम्मा गर्छन् । अर्कोतर्फ कर्जामा ब्याजदर बढ्यो भने कर्जा लिएर लगानी गर्ने लगानीकर्ताले सेयर खरिद गर्न सक्दैनन् । किनभने सेयर बजारबाट हुने आम्दानी भन्दा कर्जाको ब्याज बढि हुने जोखिममा लगानीकर्ता पर्न चाहदैनन् । त्यस्तै ब्याजदर घटदा लगानीकर्ताले ब्याजबाट भन्दा बढि नफा सेयर बजारबाट पाउन सक्छन् । अर्कोतर्फ ऋण लिएर पनि लगानी गर्ने क्षमता राख्दछन् । यस्तो अवस्थामा खरिदचाप बढनगई सेयर परिसूचक बढन सक्छ । यहि कारण दोस्रो बजारको सेयर कारोबारमा सबैभन्दा बढि प्रभाव पार्ने तत्व भनेकै ब्याजदर हो । त्यसैले पछिल्लो समय बैंक ब्याजदरमा भएको उच्च उतारचढावका कारण सेयर बजार प्रभावित भएको मान्न सकिन्छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












