सेयर बजारमा उतारचढाव आउनुको मुख्य कारण ब्याजदर
काठमाडौँ । नेपालमा बैंक तथा वित्तीय संस्थाको सेयर बजारमा अधिक प्रभाव छ । यसको मुख्य कारण नेप्सेमा सुचिकृत सेयरमध्ये करिब ८० प्रतिशत सेयर बैंक तथा वित्तीय संस्थाको हुनु हो । त्यसैले बैंकमा हुने गतिविधिका कारण नेप्से परिसूचकमा उतारचढाव हुँदै आएको छ ।
पछिल्लो समय अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले समेत नीतिगत रुपमा लचकता अपनाउँदै पूँजी बजारको विकासमा जोड दिएका छन् । बैंकको ब्याजदर घटाइएको छ भने सेयर धितो कर्जामा लचकता अपनाएको छ । तरपनि सेयर बजारमा लगानीकर्ताले अपेक्षा गरे अनुरुप सुधार हुन सकेको छैन् ।
सेयर बजार ब्याजदरकै कारण प्रभावित भएको विश्लेषण विश्लेषकहरुको छ । बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढेपछि लगानीकर्ताले सेयरको विक्री बढाएका थिए । सोहिकारण नेप्से लामो समय देखि घटदो अवस्थामा छ ।
अर्थमन्त्रालय र राष्ट्रबैंक सकारात्मक
अर्थमन्त्री डा. युवराज खतिवडाले मुद्रा बजार र पूँजी बजारमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरे । कार्यदलले दिएको सुझावका आधारमा नेपाल राष्ट्र बैंकको पहलमा वाणिज्य बैंकहरुले ब्याजदर घटाए । त्यस्तै राष्ट्र बैंकले पूँजीबजारका समस्या समाधान गर्न सेयर कर्जामा खुकुलो नीति लियो । सरकार नीतिगत रुपमा सकारात्मक हुनु र बैंकहरुले ब्याजदर घटाएका कारण नेप्से तीन सातामा झण्डै एक साय अंकले बढन पुग्यो ।
किन घट्यो परिसूचक नेप्से ?
पछिल्लो एक सातामा नेप्से ३२ अंकले घटेको छ । सरकारले सेयर बजार तथा मुद्रा बजार सुधारका लागि नीतिगत लचकता अपनाएको छ । तरपनि नेप्से लगानीकर्ताले अपेक्षा अनुरुप बढन सकेन् । साना लगानीकर्ताले सेयरको खरिद चाप बढाउने र ठुला तथा चलाख लगानीकर्ताले नाफा सुरक्षित गर्ने प्रवृति देखियो । यसमा अन्यु विषयहरु भन्दापनि पुष मासान्तको प्रभाव परेको लगानीकर्ताहरुको बुझाई छ । पुष मसान्तसम्ममा कम्पनीहरुले साधारणसभा गरि सरकारलाई कर बुझाउनु पर्छ । त्यसैका लागि पैसाको जोहो गर्न सेयरको विक्रीचाप बढन गएको लगानीकर्ताको विश्लेषण छ ।
ब्याजदर नै मुख्य कारण
बैंकको ब्याजदर र सेयर बजारबिच बिपरित सम्बन्ध हुन्छ । बैंकमा ब्याजदर बढ्दा सेयर बजारका परिसूचकहरु घटछन भने ब्याजदर घटदा सेयर परिसूचक बढछन् । खासगरि लगानीकर्ताले बैंकको निक्षेप र कर्जाको ब्याजदरमा उतारचढाव हुँदा सेयर बजारबाट हुनसक्ने नाफासंग तुलना गर्दछन् ।
सेयर बजारबाट पाउने प्रतिफल भन्दा बैंक निक्षेपबाट पाउने ब्याज आम्दानी बढि हुन गएमा लगानीकर्ताले सेयर विक्री गरि पैसा जम्मा गर्छन् । अर्कोतर्फ कर्जामा ब्याजदर बढ्यो भने कर्जा लिएर लगानी गर्ने लगानीकर्ताले सेयर खरिद गर्न सक्दैनन् । किनभने सेयर बजारबाट हुने आम्दानी भन्दा कर्जाको ब्याज बढि हुने जोखिममा लगानीकर्ता पर्न चाहदैनन् । त्यस्तै ब्याजदर घटदा लगानीकर्ताले ब्याजबाट भन्दा बढि नफा सेयर बजारबाट पाउन सक्छन् । अर्कोतर्फ ऋण लिएर पनि लगानी गर्ने क्षमता राख्दछन् । यस्तो अवस्थामा खरिदचाप बढनगई सेयर परिसूचक बढन सक्छ । यहि कारण दोस्रो बजारको सेयर कारोबारमा सबैभन्दा बढि प्रभाव पार्ने तत्व भनेकै ब्याजदर हो । त्यसैले पछिल्लो समय बैंक ब्याजदरमा भएको उच्च उतारचढावका कारण सेयर बजार प्रभावित भएको मान्न सकिन्छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












