विश्व बैंकका अध्यक्षले कार्यकाल बाँकीछँदै राजिनामा दिए, क्रिस्टालिना अन्तरिम अध्यक्ष
न्यूयोर्क २४ पुस । । विश्व बैंकका अध्यक्ष जिम योंग किमले फेब्रुअरी १ बाट आफ्नो पद त्याग गर्ने घोषणा गरेका छन्। सोमबार राजिनामाको घोषणा गर्दै उनले विश्व बैंकको नेतृत्व गर्न पाउनु गौरबको बिषय रहेकोसमेत बताए।
‘विश्व बैंक समूहको काम पहिलेको तुलनामा धेरै नै महत्वपूर्ण हुन थालेको छ। किनभनेर सारा सन्सारमा गरिवहरुको अपेक्षा बढ्न थालेको छ’ उनले भने, ‘जलवायु परिवर्तन, महामारी, अकाल र शरणार्थीजस्ता समस्या बढ्दो छ।’
किन ६ बर्षभन्दा बढि समयदेखि अध्यक्ष थिए। विश्व बैंकका अध्यक्ष प्रायजसो अमेरिकी नागरिक हुने गर्छ। भनिन्छ विश्व बैंक अमेरिका र अन्तर्राष्ट्रिय मुद्र कोष युरोपेली देशहरुले पाउने गर्छन्। विश्व बैंकजस्तो वहुपक्षीय वित्तीय संस्थामा अमेरिकी शेयर सबैभन्दा बढि छ। किमको राजिनामाको निर्णयलाई ब्यक्तिगत भनिएको छ।
विश्व बैंककी मूख्य कार्यकारी अधिकारी क्रिस्टालिना जार्जिवाले १ फेब्रुअरीदेखि किमको काम गर्ने गरी अन्तरिम अध्यक्ष नियुक्त हुनेछिन्। किम भने विकासशील अर्थतन्त्रका आधारभूत संरचनामाथि लगानी गर्ने एक संस्थामा काम गर्ने छन्।
अमेरिकाको वासिङटनमा रहेको विश्व बैंक संन्सारका विकासशील देशहरुको सबैभन्दा ठूलो दाता संगठन हो। यसका कतियपय नीतिहरु विवादास्पद पनि छन्। विश्व बैंकको एक रिपोर्टले नेपालमा ब्यवसायिक वातावरण खस्किँदै गएको टिप्पणीसमेत गरेको थियो।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












