समायोजनमा नजाने कर्मचारीलाई हटाउने सरकारको तयारी
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने चेतावनी दिएका छन् । विराटनगरमा शनिबार साँझ पत्रकारसँग कुरागर्दै मन्त्री पण्डितले समायोजनमा नआउने कर्मचारीहरूलाई समायोजन प्रक्रिया सक्किए लगतै हटाउने सरकारले तयारी गरेको बताएका हुन् ।
उनले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई हटाउन आफूहरु बाध्य हुने बताए । मन्त्री पण्डितले कर्मचारी हटाइएपछि खाली हुने दरबन्दी पूर्तिका लागि लोकसेवा आयोगलाई छोटो प्रक्रियाबाट कर्मचारी पदपूर्ति गर्न दिइने जानकारी दिए ।
उनले तीनै तहमा गरेर कुल १ लाख ३८ हजार कर्मचारीहरु आवश्यक रहेको र माघ २ गते पछि समायोजन प्रक्रियालाई प्रशोधन गर्न दुई–तीन दिन लाग्ने जानकारी दिँदै त्यसपछि २१ दिनभित्र सम्बन्धित ठाँउमा नजाने कर्मचारीलाई हटाउने स्पष्ट पारे ।
मंत्री पण्डितले प्रदेश लोकसेवा आयोग सम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गरिएको जानकारी दिँदै प्रदेश लोकसेवा आयोग गठन नभए सम्म संघीय लोकसेवा आयोगबाटै कर्मचारी पदपूर्ति गरिने बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












