बैंकको सिईओ बन्न राष्ट्र बैंकको अनुमति चाहिने
काठमाडौँ । अब बैंकको संचालक समितिले छनौट गरेकै भरमा मात्रै सिईओ नियुक्त नहुने भएको छ। सिईओ नियुक्तिका लागि अब राष्ट्र बैंकले अनुमति दिनुपर्ने व्यवस्था गरिने भएको छ।
राष्ट्र बैंकबाट अनुमति लिएर मात्रै सिईओ नियुक्ति गर्न पाइने छ। हाल संचालक समितिको बैठकले छनौट गरेपछि सिईओ नियुक्ति हुने र नियुक्ति भइसकेपछि राष्ट्र बैंकलाई सात दिनभित्रमा जानकारी मात्रै गराए हुने व्यवस्था छ।
राष्ट्र बैंकले नयाँ व्यवस्था गर्नेगरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाउने भएको छ। यसका लागि बाफिया (बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन) संशोधन हुने भएको छ।
बाफिया संशोधन गरेपछि मात्रै यो व्यवस्था लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार संचालक समितिले सिईओ छनौट गर्ने व्यक्तिको नाम तथा योग्यतासहितको विस्तृत विवरण राष्ट्र बैंकमा अनुमतिका लागि पठाउनुपर्नेछ। राष्ट्र बैंकले सिईओका लागि उत्कृष्ट ठहर गरेपछि नियुक्तिका लागि स्वीकृति दिनेछ। त्यसपछि मात्रै बैंकमा सिईओ नियुक्त हुने छन्।
आफूहरुको हित हुनेगरी संचालकहरुले पहिले नै शर्त राखी सिईओ छनौट गर्ने र त्यसबाट वित्तीय प्रणालीलाई नै असर पर्न थालेको भन्दै राष्ट्र बैंकले यो व्यवस्था गर्न लागेको जनाएको छ। सिईओ संचालकप्रति मात्रै बढी उत्तरदायी हुने, बैंकिङ व्यवस्था र अभ्यासलाई समेत मिच्ने परिपाटी बढ्न थालेकाले यो व्यवस्था जरुरी रहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। सिईओहरुले नै संचालकबाट दवाव आउने गरेको गुनासो समेत गर्ने गरेको उनको भनाई छ।
बैंकका संचालकहरु भने यो व्यवस्था जरुरी नरहेको बताउँछन्। तोकेको योग्यता पुगेको व्यक्ति सिईओ छनौट हुने भएकाले यो व्यवस्थाको कुनै अर्थ नरहेको र अनावश्यक रहेको संचालकहरुको टिप्पणी छ।
बाफियामा कार्यकारी प्रमुखको कार्यसम्पादन उपयुक्त नठानेमा संचालक समितिले बीचमै हटाउन पाउने व्यवस्था समेत छ।
बफियामा सिईओका लागि न्यूनतम योग्यता समेत तोकिएको छ। जसअनुसार व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ।
त्यस्तै चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको हुनुपर्छ।
के हुन्छ सिईओको काम, कर्तव्य र अधिकार ?
प्रबन्धपत्र र नियमावलीको अधीनमा रही सञ्चालक समितिबाट प्रदत्त अधिकार प्रयोग गर्ने।
संचालक समितिको निर्णय लागू गर्ने र बैंक वा वित्तीय संस्थाको काम कारबाही तथा कारोबारको रेखदेख तथा नियन्त्रण गर्ने ।
बैंक वा वित्तीय संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि सञ्चालक समिति समक्ष पेश गर्ने।
बैंक वा वित्तीय संस्थाको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने। साधारण सभाद्वारा गरिएका निर्णय कार्यान्वयन गर्ने, गराउने।
यस ऐन (बाफिया) र राष्ट्र बैंकको निर्देशन अनुरुप संस्था सञ्चालन गर्ने र बैंक वा वित्तीय संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने।
यस ऐन, राष्ट्र बैंकको निर्देशन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंक वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेश गर्ने।
निक्षेपकर्ता, शेयरधनी तथा बैंक वा वित्तीय संस्थाको उच्चतम हित हुने गरी सञ्चालन गर्ने। सञ्चालक समितिले निर्धारण गरेको नीति अन्तर्गत रही उच्च व्यवस्थापनको लागि उचित मापदण्ड लागू गर्ने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












