७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुल्यो
काठमाडौँ । सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि आवेदन खुलाइएको हो।
शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यालयको वेवसाइटबाट आवेदन दिन सक्ने व्यवस्था मन्त्रालयले गरेको छ। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिका लागि खुलाइएको आवेदनमा कम्प्युटर, मल्टिमिडिया, स्क्यानर र प्रिन्टरको ज्ञान भएको व्यक्ति खोजिएको छ। सबैभन्दा बढी एक नम्बर प्रदेशमा १३७ जना रहेका छन् ।
सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। सरकारले संविधानप्रद युवालाई रोजगार नभए निर्वाहाभत्ताको व्यवस्था कार्यान्वयन गर्न प्रत्येक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न थालेको हो।
जसअनुसार १० हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा नायब सुब्बा र १० हजार भन्दा बढी जनसंख्या भएको स्थानीय तहमा अधिकृत तहको रोजगार सूचना केन्द्र नियुक्त गर्न थालेको हो ।
कुन प्रदेशमा कति ?
- १ मा १३० जना अधिकृत र सात जना सुब्बा
- प्रदेश २ मा १३६ अधिकृत
- प्रदेश ३ मा ११२ जना अधिकृत ७ जना नायब सुब्बा
- गण्डकी प्रदेशमा ७४ जना अधिकृत र ११ जना नायब सुब्बा प्रदेश
- ५ मा १०९ जना अधिकृत
- कर्णाली प्रदेशमा ६२ जना अधिकृत र १७ जना नायव सुब्बा
- सुदूरपश्चिम प्रदेशमा ८२ जना अधिकृत र ६ जना नायव सुब्बा
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












