वाणिज्य बैंकको सेवा अब ७७ जिल्लामा
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो ।
जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।
बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गरे ।
उहाँले सहुलियत कर्जा दिने विषयमा गम्भीर बन्न आग्रह गर्दै समृद्ध राष्ट्र निर्माणमा सबैको सहयोगको खाँचो औँल्याए । “युवा स्वरोजगार, कृषि, पशुपालन र महिला उद्यमका क्षेत्रमा बैंकहरुले सहयोग गर्नुपर्छ, त्यसबाट राष्ट्रिय उत्पादनमा योगदान पुग्छ, यसतर्फ ध्यान पुगोस्”, कावा प्रम पोखरेलले भने । रक्षामन्त्रीले युवालाई प्रोत्साहन गरी विदेशिएका जनशक्तिलाई फर्काउन सरकारले नीति मात्रै नभई व्यावहारिक योजना अघि बढाएको समेत जानकारी दिए ।
कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले केही चुनौती हाम्रासामु रहे पनि विकासका लागि अर्थतन्त्र सक्षम छ भन्दै कर्जा र निक्षेपमा असन्तुलन रहेकाले यसतर्फ बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण गराए । उनले सहुलियत कर्जाका विषयमा सर्वसाधारणबाट विभिन्न गुनासा आइरहेकाले अब जानकारी छैन, माथिको निर्देशन आएन भनेर आलटाल गर्न खोज्ने बैंकलाई कारवाही गरिने चेतावनीसमेत दिए ।
पछिल्लो समयमा आयात ३४ र निर्यात ११ प्रतिशतले बढेकामा हाम्रोसामु अझै ठूलो चुनौती देखिएको उल्लेख गर्दै शिवाकोटीले विलासिता र महँगा गाडी, हीरा र सुन आयात नियन्त्रण गर्नुपर्ने औँल्याए । उनले बुधबार मात्रै राष्ट्र बैंकले विदेश जानेको हकमा डलर सटही ५०० बाट २०० मा झारेको जानकारी दिए । उहाँका अनुसार हाल नेपालमा कर्जा लिनेको सङ्ख्या १३ लाख ३३ हजार र ५८ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन् ।
वाणिज्य बैंक सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारी बैंक सबैको भरोसाको बैंक भएकाले सेवा उपलब्ध गराउने विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बैंकको निक्षेप रु एक खर्ब ८२ अर्ब र कर्जा लगानी रु एक खर्ब ३४ अर्ब रहेको एवं ट्रेजरी बिल तथा अन्य लगानी रु ४५ अर्ब रहेको श्रेष्ठले जानकारी दिए ।
बैंकको कूल सम्पत्ति रु दुई खर्ब चार अर्ब पुगेको जानकारी दिँदै उहाँले यस पटकको खुद नाफा रु एक अर्ब ९६ करोड रहेको उल्लेख गरे । आज सार्वजनिक विवरणानुसार वाणिज्य बैंकमा ३० लाखभन्दा बढी ग्राहक पुगेका छन् । सात लाख ५० हजारभन्दा बढीले मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरिरहेका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












